Comments Add Comment

मन्त्रिपरिषद् विस्तार आज, प्रचण्डले मन्त्रीको नाम बुझाए


१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मन्त्रिपरिषद् विस्तारका लागि राष्ट्रपति कार्यालयबाट ३ बजेको समय लिइसकिएको छ ।

फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले त्यही दिन एमालेबाट २ मन्त्रीलाई शपथ गराए पनि त्यसयता मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेका बेला ओलीले एमाले–माओवादीलाई समेटेर विस्तारको तयारी गरेका हुन् ।

माओवादी केन्द्रका नेता जनार्दन शर्माले एमाले र माओवादीकालाई समेटेर आज मन्त्रिपरिषद् विस्तार हुने जानकारी अनलाइनखबरलाई दिए ।

मन्त्री छान्न दुवै पार्टीलाई सकस परिरहेका बेला माओवादी केन्द्रले भने टुंग्याएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहान प्रधानमन्त्री अोलीलार्इ मन्त्रीको नाम बुझाएका छन् । स्रोतका अनुसार, बादललाई गृहमन्त्री बनाउन सिफारिस गर्दै बुझाइएको मन्त्रीको सूचीमा अरु क–कसको नाम छ भन्ने गोप्य राखिएको छ ।

माओवादीले टुंगो लगाए पनि एमालेले भने अझै छिनोफानो गर्न सकेको छैन । एमालेका नेताहरु अहिले मन्त्री छनोटका लागि छलफलमा व्यस्त छन् ।

संयुक्त बैठकले मन्त्रीको नाम  टुंगो लगाउने र त्यसपछि दिउँसो ३ बजे मन्त्रीहरुले शपथ लिने एमाले–माओवादीका नेताहरुले जानकारी दिएका छन् । ‘मन्त्रीको अन्तिम टुंगो लगाउन दुवै दलका अध्यक्षको संयुक्त बैठक बस्दैछ, बैठकले नाम टुंग्याएपछि प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् विस्तार गर्नुहुनेछ,’ शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment