Comments Add Comment

देशभरीको प्रदुषण नाप्ने लालबाबुको इच्छा, सोधे -कति खर्च लाग्छ ?

१६ फागुन काठमाडौं । वातावरण मन्त्री लालबाबु पण्डितले बुधबार रत्नपार्क स्थित प्रदुषण मापक यन्त्रको अवलोकन गरे ।

काठमाडौंको प्रदुषण अहिले कुन स्थितीमा छ भनेर जान्नका मापक यन्त्र पुगेका पण्डितले प्रदुषण नियन्त्रण गर्न आफूले प्रयास गरिरहेको बताएका छन् ।

‘हामीकहाँ प्रदुषण बढ्दै गएको छ भन्ने बारेमा सबैलाई जानकारी छ अब हामीले तत्काल यो नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्छ’ उनले भने । काठमाडौं उपत्यकाकाको प्रदुषणको मूख्य कारक सवारी साधनबाट निस्कने धुलो भएकाले यसमा नयाँ प्रविधिका सवारी साधन मात्रै भित्र्याउने व्यवस्था गर्ने उनले जानकारी दिए ।

प्रदुषण मापन गर्न राखिएका यन्त्रहरु नै गुणस्तरीय छन् वा छैनन् भन्ने पनि उनको चासो थियो । त्यसैले वातावरण विभागका अधिकारीहरुसँग उनले प्रश्न गरे ‘के यी मापन गर्न राखिएका यन्त्रहरु अन्तर्राष्ट्रिय स्तरका यन्त्र हुन् ? देशभरीको प्रदुषण मापन यन्त्र राख्न कति खर्च लाग्ला । ‘

देशभरीको प्रदुषणको अवस्था बारेमा जानकारी लिने गरी अन्य स्थानमा पनि यन्त्रहरु जडान गर्नुपर्ने उनको भनाइ छ । एक स्थानमा यस्तो मापक यन्त्र राख्नका लागि ३ करोड बराबरको रकम खर्च हुने विभागका अधिकारीहरु बताउँछन् ।

यो वर्ष माघ फागुनमा खासै पानी नपरेकाले प्रदुषण र गर्मी थप बढ्ने हो कि भन्ने उनको चासो थियो । पानी नपर्दा यसले कतै कृषि बाली र फलफूलको उत्पादनमा त असर गर्ने होइन भन्ने उनको जिज्ञासा थियो ।

तर वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडी आफुहरुसँग केही स्थानको मात्रै प्रदुषणको तथ्यांक भएकाले यसले कस्तो असर पार्छ भन्ने आँकलन गर्न नसकिने बताए ।

हिउँदको समयमा पानी खासै नपर्ने भएकाले काठमाडौंको प्रदुषण बढ्ने गरेको छ । पानी परेपछि भने केही मात्रामा काठमाडौको वायुमा प्रदुषणको मात्रामा केही कमी आउँछ ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment