१६ फागुन, काठमाडौं । एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच निर्णायक वार्ता सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा बसिरहेको छ । त्यसअघि एमाले र माओवादी नेताहरुले छलफल गरेका थिए ।
फोरमसँग संविधान संशोधन र सरकारमा सहभागिताबारे सहमति गर्ने एमाले र माओवादीको तयारी छ । दुई दलले सहमतिका आधारमा संविधान संशोधन गर्ने प्रतिवद्धता पनि जनाएका छन् । तर, फोरमले संशोधनमा थप प्रष्टता खोजेको छ ।
आज सहमति भए अब हुने मन्त्रिपरिषद् विस्तारमा फोरम पनि सहभागी हुने नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4