Comments Add Comment

गुगल फोटोजमा कसरी हाइड गर्ने आफ्ना गोप्य तस्वीर ?


आफ्ना तस्वीरहरु सुरक्षित राख्ने सबैभन्दा सजिलो तरिका भनेकै त्यस्ता तस्वीरलाई गुगल फोटोजमा सेभ गर्नु हो ।

यो एपले प्रयोगकर्तालाई आफ्ना तस्वीरहरु अर्गनाइज गर्ने सेवा दिन्छ जसले मोबाइल डिभाइसमा धेरै स्पेस बचाउन सहयोग गर्दछ ।

यद्यपि, तपाइँका केही तस्वीर तथा भिडियो यतिधेरै प्राइभेट हुन्छन् कि तपाइँले त्यस्ता फोटाहरु मुख्य एल्बममा शो गर्न चाहनुहुन्छ ।

आफ्ना फोटाहरु अरुले नदेखुन् भन्ने चाहनुहुन्छ भने गुगल फोटोजको मेन स्क्रलिंग फिडमा त्यसलाई हाइड गर्नु सबैभन्दा उपयुक्त विकल्प हो ।

निकै सजिलैसँग तपाइँले यस्ता निजी तस्वीरहरुलाई हाइड गर्न सक्नुहुन्छ ।

यसका लागि गुगल फोटोजमा आर्काइभ फिचरको प्रयोग गर्न सकिन्छ ।

यो फिचर सबै एन्ड्रोइड, वेब तथा आइओएस प्रयोगकर्ताका लागि उपलब्ध छ । जसका माध्यमबाट प्राइभेट फोटो तथा भिडियोलाई मुख्य एल्बमबाट अलग गर्न सकिन्छ । यो फिचरको प्रयोग गर्नका लागि गुगल फोटोको २.१५ भर्सन हुनु आवश्यक हुन्छ ।

जुन फोटो वा भिडियोलाई तपाइँ आर्काइभ गर्न चाहनुहुन्छ त्यसका लागि तपाइँले एप ओपन गरेर सेलेक्ट गर्नुहोस् । त्यसपछि मेन्यू बटनमा क्लिक गर्नुपर्दछ जुन एपमा वायाँपट्टि सबैभन्दा माथि रहेको हुन्छ । जब मेन्यू ओपन हुन्छ तब त्यहाँ अर्काइभ अप्सन देखिन्छ । तपाइँले जुन फोटो वा भिडियोलाई अर्काइभ गर्नुहुन्छ त्यो मुख्य एल्बममा देखिनेछैन ।

अर्काइभ गरेको फोटो वा भिडियो डिलिट भएको हुँदैन लुकेको मात्र हुन्छ । पहिले नै छानेको कुनै फोल्डरमा सरेको हुन्छ, जुन पछि खोज्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment