Comments Add Comment

मानव सेवा आश्रमलाई प्रदेश सरकारको ५ लाख सहयोग

६ चैत, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मावन सेवा आश्रम वीरगञ्ज शाखाको भवन निर्माणका लागि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

वीरगञ्ज चिनी कारखानाको जग्गामा आश्रमलाई बनाउन खोजेको थाहा पाएका उनले अस्थायी रुपमा चिनी मिलको जग्गामा नजान आग्रह गरे । मानव सेवा आश्रम वीरगञ्ज शाखाका अभिभावक डा. दिपक शाक्य, सामजिक अभियन्ता प्रकाश थारुलाई ५ लाखको चेक हस्तान्तरण गर्दै उनले आश्रम शाखाको भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने वाचा गरे ।

‘भवन निर्माणका लागि ५० लाख करोड जति लाग्छ, प्रदेश सरकारले सबै पैसा दिन्छ । पैसाको कमी हुन दिन्न’ उनले भने ‘त्यसका लागि पहिला जग्गा खोज्नुस् । हामीलाई एउटा प्रपोजल दिनुस्, नक्सा दिनुस् ।’

राम्रो गर्नुस्, २-५ करोडको घर बनाउनुस्, मल्टी एयरको ठेक्का लगाएर काम गरौं । ट्रष्ट बनाएर पनि अघि बढ्न सकिन्छ ।’

मासिक ५० हजार घर भाडा तिरेर सञ्चालन हुँदै आएको आश्रम शाखालाई अस्थायी रुपमा अन्यत्र नसार्न उनले आग्रह गरे । ‘अहिले चिनी मिलको जग्गामा जानुहुन्छ, १०/२० लाख खर्च गरेर फेरि सर्नुपर्‍यो भने पछि गाह्रो हुन्छ । फेरि कहाँ जाने ?’ मुख्यमन्त्री राउतले भने ।

मानव सेवा आश्रमका लागि सबै मिलेर ‘स्थायी सेल्टर’ बनाउनेपर्नेमा उनले जोड दिए ।

प्रदेश भित्रको सबै जग्गा प्रदेश सरकारको हुने गरि विद्येयक लगेको बताउँदै प्रमुख जिल्ला अधिकारीले अस्थायी रुपमा मात्रै जग्गा दिन सक्ने दावी गरे । प्रदेश सरकारले वीरगञ्ज महानगरपालिका वडा नं १२ स्थित युनाईटेड क्रिकेट क्लबलाई पाँच लाखको चेक हस्तान्तरण गरेको मुख्यमन्त्रीका सहयोगी दिपक यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment