+
+
Shares

रातो मच्छिन्द्रनाथको रथको परिक्रमा (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ वैशाख २५ गते २१:०६

२५ वैशाख, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथलाई बिहीबार ललितपुरको लगनखेलस्थित माजु सिमा रुखको वरिपरि परिक्रमा गराइएको छ । भक्तजनहरूले रथलाई तानेर तीनपटक परिक्रमा गराएका हुन् ।

यो रुखलाई मच्छिन्द्रनाथकी आमाको प्रतीक मानिन्छ ।

मातृप्रेम र आशीर्वादप्रतिको श्रद्धा स्वरुप भक्तजनले रथ तानेर तीनपटक परिक्रमा गराएका हुन् ।  वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्न गत १८ गतेबाट सुरु गरिएको थियो ।
भोलि (शुक्रबार) भने रथको माथिबाट नरिवल फाल्ने परम्परा छ ।

सोही अवसरमा ललितपुर महानगरपालिकाले सार्वजनिक बिदा पनि दिएको छ ।

तस्वीरहरूः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?