Photo Credit : RSS
News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरमा उपत्यकाकै सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथारोहण ६ वैशाख शनिबार सम्पन्न भएको छ।
- गुठी संस्थानका अनुसार मच्छिन्द्रबहालबाट मूर्ति पुलचोक पुर्याई पूजाअर्चना गरी रथमा विराजमान गराइएको हो।
- बाराही नाइके प्रेम महर्जनले पूजाहारी जलपानेजु र खलपानेजुमार्फत विधिपूर्वक पूजा गरी रथारोहण गरिएको बताए।
६ वैशाख, ललितपुर । ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ ।
वर्षा र सहकालको देवताका रुपमा हरेक वर्ष मनाइने यस जात्राअनुसार यस वर्ष पनि तिथिअनुसार शनिबार रथारोहण गरिएको हो ।
गुठी संस्थानका अनुसार रथ निर्माण सम्पन्न भएसँगै शनिबार मच्छिन्द्रबहालबाट रातो मच्छिन्द्रनाथको मूर्ति पुलचोक पुर्याई पूजाअर्चना गरी रथमा विराजमान गराइएको हो ।
रथ निर्माणसँग सम्बन्धित बाराही नाइके प्रेम महर्जनका अनुसार पूजाहारी जलपानेजु र खलपानेजुमार्फत विधिपूर्वक पूजा सम्पन्न गरी रथारोहण गरिएको हो ।
तिथिअनुसार आगामी वैशाख ८ गते बेलुकी पुलचोकबाट रथ गाबहालतर्फ तानिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4