+
+
Shares

एचआईभी संक्रमितको अप्रेसन गर्न अस्पतालको आनाकानी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ६ गते १६:४१

६ चैत, बुटवल । एचआइभी संक्रमित बिरामीको अप्रेसन गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा चिकित्सहरूले आनाकानी गरेका छन् ।

अर्घाखाँची पाणिनी गाउँपालिका-२ का एक पुरुष पिलो चिर्न मंगलबार अस्पताल आएका थिए । रगत चेकजाँच गर्दा एचआइभी संक्रमण देखिएपछि सर्जन डाक्टरहरू भुवन पौडेल र शरद पोखरेलले पिलो चिरफार गर्न अस्वीकार गरेको बिरामीका दाजु घनबहादुर थापाले गुनासो गरे ।

‘रगत जाँच्दा एचआईभी देखिएपछि डाक्टरहरुले यहाँ अपरेसन गर्न सकिँदैन, काठमाडौं लैजानुस् भनेर पन्छिन खोजे’ घनबहादुरले भने, ‘शुरुमा भर्ना पनि लिन मानेनन्, गाउँपालिका अध्यक्षलाई फोन गरपछि बल्ल भर्ना भयो ।’

२३ वर्षका उनी ६ वर्षदेखि भारतमा मजदुरी गर्दै आएका थिए । उनी बिरामी भएपछि घर आएर चेक गर्दा शुरुमा टिभी र पछि बुटवल गएर चेक गर्दा एचआइभी पोजेटिभ देखिएको थियो । अरू डाक्टरले आनाकानी गरेर पन्छिएपछि बुधबार बिहान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट समेत रहेका डा. कृष्ण खनालले पिलोको अपरेसन गरिदिएका छन् ।

सुपरिटेन्डेन्ट खनालले भने सिनियर डाक्टरले अप्रेसन गर्नुपर्ने भएकाले नगरेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?