Comments Add Comment

जनमोर्चाले राष्ट्रिय विकास र पर्यटन सम्मेलन गर्ने

६ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय विकास  र पर्यटन सम्मेलन गर्ने भएको छ । जनमोर्चाले विकास निर्माण र पर्यटन विकासको लागि भन्दै गठन गरेको विकास समिति र पर्यटन समितिको बैठकले राजनीतिसँग विकास कार्यलाई अगाडि बढाउन भन्दै सम्मेलन गर्ने निर्णय गरेको हो ।

दुबै सम्मेलनको मिति र स्थान भने अर्काे बैठकले टुंगो लगाउने बताएको छ ।

आगामी १५औं पञ्चवर्षीय योजनामा पर्यटन विकास सम्बन्धी योजना बनाएर योजना माग गर्नका लागि राष्ट्रिय पर्यटन विकासका लागि कार्यशाला गोष्ठीको आयोजना गर्ने निर्णयसमेत गरेको छ । यसको पनि मिति र स्थान भने पछि तोकिने जनाइएको छ ।

गोष्ठिका लागि उपाध्यक्ष तथा सांसद दूर्गा पौडेलको संयोजकत्वमा व्यवस्थापन समितिको गठन गरिएको छ । मनोज भट्ट, लालबहादुर थापा, पृथ्वी थापा,सुवास जिसी र रामप्रसाद भुषाल सदस्य छन् ।

साथै बाग्लुङको बरेङ गाउँपालिकास्थित गुल्मी जिल्लाका कालिगण्डकी तथा चन्द्रकोट गाउँपालिकासँग जोडिएको कौडीको लेक र प्यूठान जिल्लाको झिमरुक र गौमुखी गाउँपालिकालाई मिलाएर बनेको गौमुखी पर्यटन विकास क्षेत्रको विकास र प्रवर्द्धन गर्ने निर्णय पनि गरिएको छ । यस्तै, बैठकले गौमुखीमा पर्यटन विकास र प्रवर्द्धनको लागि ओखरकोटमा म्याराथन दौडको आयोजना गर्ने निर्णय गरेको छ ।

यस्तै, जनमोर्चाले यी दुई समिति प्रदेश, जिल्ला र स्थानीय तहमा पनि गठन गरेर विकास निर्माण तथा पर्यटन प्रबर्धनका कार्यमा जुट्ने बताएकेा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment