News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा (एमाले)की सांसद रामकुमारी झांक्रीले संक्रामक पशु तथा पशुजन्य उत्पादनको ओसारपसारमा क्वारेन्टाइन व्यवस्था प्रभावकारी बनाउनुपर्ने बताइन्।
- उनले संक्रामक रोग बोकेका पशु ओसारपसार गर्नेलाई दण्डित गर्ने व्यवस्था विधेयकमा राख्न माग गरिन्।
- उनले महामारी नभएको अवस्थामा राज्यको प्रत्यक्ष हस्तक्षेप अनावश्यक हुन सक्ने भन्दै स्थानीय तहको भूमिकालाई ध्यानमा राखेर ऐन बनाउनुपर्ने भनिन्।
२८ भदौ, काठमाडौं । नेकपा (एमाले)की सांसद रामकुमारी झांक्रीले संक्रामक पशु तथा पशुजन्य उत्पादनको ओसारपसारमा क्वारेन्टाइनको व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छिन् ।
साथै, उनले संक्रामक रोग बोकेका पशु ओसारपसार गर्नेलाई दण्डित गर्ने व्यवस्था विधेयकमा राख्न समेत माग गरिन् ।
आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा विधेयकमाथि छलफल भएको छलफलमा उनले महामारीको अवस्थामा किसानलाई क्षतिपूर्ति दिने व्यवस्था आवश्यक भएपनि हरेक अवस्थामा राज्यको प्रत्यक्ष हस्तक्षेप आवश्यक नहुनेमा जोड दिइन् ।
‘मानिसले कुनैपनि पशुजन्य उत्पादन होस् वा जीवित पशुको ओसारपोसारको लागि पशुलाई क्वारेन्टाइन गर्नुपर्ने भन्नेकुरा पनि छ नि । संक्रामक पशुहरु पशुको ओसारपोसार गर्दाखेरी दण्डित त हुनुपर्यो नि त । यसको लागि विधेयकमा निषेधात्मक दफा हुनु हुँदैन,’ उनले भने ।
स्थानीय तहले समेत अहिले क्षतिपूर्ति लगायतका काम गरिरहेको भन्दै त्यसलाई ध्यानमा राखेर ऐन निर्माण गर्नुपर्नेमा जोड दिइन् ।
‘एउटा मात्रै संक्रामक रोग छ तर त्यसले महामारीको रुप लिएन भने त्यहीँनिर त्यसलाई दबाउने कुरा छ नि त । त्यसकारण जहाँ पनि राज्य उपस्थित हुनुपर्छ भन्ने होइन तर स्थानीय तहले अहिले पनि परिपुरण गरेको देखिएको कारण अहिले कानूनमै चाँही नलेखाऔँ,’ उनले भनिन् ।
प्रतिक्रिया 4