+
+
Shares

रामकुमारीको प्रश्न- अध्यक्ष मात्रै हटाउनुलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन ?

सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष केपी शर्मा ओलीको पक्षधरता लिँदै पुनर्गठन अभियानबारे कटाक्ष गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते ११:३७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्रको पुनर्गठन अभियान आफूले नबुझेको बताउँदै फेसबुकमा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा कटाक्ष गरेकी छन्।
  • उनले एक जना अध्यक्ष हटाएर पुरानै संरचना, कार्यशैली, अनुहार र शक्ति सम्बन्ध कायम राख्नुलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन ? भनेर लेखेकी छन्।
  • झाँक्रीले जेनजी आन्दोलनअघिको विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रबारे प्रश्न नउठेको उल्लेख गरेकी छन्।

७ भदौ, काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र चलिरहेको पुनर्गठन अभियान आफूले नबुझेको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष केपी शर्मा ओलीको पक्षधरता लिँदै पुनर्गठन अभियानबारे कटाक्ष गरेकी छन् ।

‘एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली, पुरानै अनुहार र पुरानै शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन ?,’ उनले लेखेकी छन् ।

सँगै, जेनजी आन्दोलनको अघिल्लो दिन सम्पन्न विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रबारे प्रश्न नउठेको समेत उल्लेख गरेकी छन् ।

उनको यस्तो स्टाटसको काउन्टररमा एमालेका युवा नेताहरूले प्रतिक्रिया लेखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?