+
+
Shares

रास्वपाको आन्तरिक सत्ता संघर्षले राष्ट्रियतामाथि संकटको चिन्ता बढ्यो : एमाले

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १६:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले प्रतिनिधिसभामा नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा रहेको बताएका छन् ।
  • उनले बालेन्द्र शाहको छोटो शासनकालमै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमाथि गम्भीर प्रश्न खडा भएको बताए ।
  • उनले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्रीको अभिव्यक्तिलाई जोडेर नेपाल सिक्किमीकरणको प्रक्रियामा त छैन भनेर प्रश्न उठाए ।

३ भदौ, काठमाडौं । नेकपा एमालेले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट खतरा रहेको औंल्याएको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।

उनले बालेन्द्र सरकारको छाटो शासनकालमै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमाथि गम्भीर प्रश्न खडा भएको बताए ।

अगाडि भनेका छन्, ‘रास्वपाको आन्तरिक सत्ता संघर्षले पनि नेपालको राष्ट्रियतामाथि गम्भीर संकट आउनसक्ने चिन्ता बढाएको छ ।’

रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण हुनुभन्दा ठीक एक दिन पहिले प्रधानमन्त्री बालेनको संसद्मा आकस्मिक आगमन भएको उनले बताए । अनि त्यस दिन सदनमा अस्वभाविक रुपमा प्रधानमन्त्रीले राष्ट्र विरोधी अभिव्यक्ति दिएको टिप्पणी गरे ।

१७ जेठमा प्रतिनिधिसभामा उपस्थित भएर प्रधानमन्त्री बालेन शाहले सांसदहरूका प्रश्न लिएर जवाफ दिएका थिए । त्यसक्रममा उनले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएका थिए ।

एकातिर यस्तो अभिव्यक्तिको लागि प्रधानमन्त्री तयार नभएको र अर्कोतिर भारतमा रास्वपा सभापति लामिछानेले भव्य स्वागत पाएको भनेर उनले यस्तो टिप्पणी गरेका हुन् ।

कतै नेपाल सिक्किमीकरणको प्रक्रियामा त छैन भनेर प्रश्न उठाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?