+
+
Shares

बजेट विनियोजन गर्दा वित्तिय अनुशासन कायम भएन : रामकुमारी झांक्री

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते १७:५९

१९ असार, काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तिय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छिन् ।

शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो आरोप लगाएकी हुन् ।

सांसद झाँक्रीले साना साना आयोजनहरूका लागि विनयोजन गरिएको बजेटलाई हेर्दा सरकारले वित्तीय अनुशासन पालना नगर्ने स्पष्ट भएको दाबी उनको थियो ।

‘राज्यको अर्थतन्त्रको स्वरुप परिवर्तन गर्ने भन्नु भएको छ । त्यो स्वरुप कसरी परिवर्तन हुन्छ ? बजेटमा त केही पनि देखिँदैन । र वित्तिय अनुशासनको दृष्टिले हेर्ने हो भने साना साना स्केलका कार्यक्रमहरूलाई जसरी राखिएको छ,’ उनले थप भनिन्, ‘त्यसले वित्तीय अनुशासन कायम गर्ने कुरा देखिँदैन । बजेटमा पुरानै कुराहरू छन् । तर यसका लागि बजेट देखिँदैन । यसले कसरी मुलुकको अर्थमन्त्रीलाई समृद्ध बनाउन सक्छ ?’

साँसद झाँक्रीले बजेटले जनताको समृद्धिको अभियानलाई छुन नसकेको पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?