News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी अभिव्यक्तिप्रति राष्ट्रिय सभामा लज्जाबोध भएको बताइन् ।
- सांसद झाँक्रीले ‘हामीलाई लज्जाबोध भएको छ । यस्तो प्रधानमन्त्रीले नेपालको स्वाभिमान, नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डतालाई रक्षा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको छ’ भनिन् ।
- प्रधानमन्त्री बालेनले आइतबार प्रतिनिधिसभाको बैठकमा नेपाल र भारतले एकअर्काको जग्गा मिचेको अभिव्यक्ति दिएका थिए ।
१८ जेठ, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहको सीमा विवादबारेको अभिव्यक्तिले स्वाभिमानी नेपालीको शिर निहुरिएको बताएको छ ।
सोमबार राष्ट्रिय सभाको बैठक सुरु भए लगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबाट बोल्दै एमालेकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको अभिव्यक्तिले लज्जाबोध भएको बताइन् ।
‘हामीलाई लज्जाबोध भएको छ । यस्तो प्रधानमन्त्रीले नेपालको स्वाभिमान, नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डतालाई रक्षा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको छ,’ उनले भनिन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।
त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ-भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’
यसको विरोध गर्दै एमालेले प्रधानमन्त्रीसँग जवाफ मागेको छ ।
प्रतिक्रिया 4