Comments Add Comment

सार्वजनिक विदा कटौती गर्ने सरकारको निर्णय

१४ चैत, काठमाडौं । सरकारले २०७५ सालको सार्वजनिक विदा कटौती गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले विदा कटौतीको निर्णय गरेको हो । यो निर्णयसँगै २०७५ सालमा सरकारी कार्यालय २२ दिन बढी खुल्ने सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए ।

‘सरकारले सम्बृद्धिको लक्ष्य लिएको छ र यसका लागि कार्यदिवस बढाउन जरुरी छ’ उनले भने ।

अब २०७५ सालमा सार्वजनिक विदा ८९ दिन हुनेछ । यसमा सबैका लागि ६७ दिन र कुनै खास धर्म र सम्प्रदायका लागि हुने विदा २२ दिनछ ।

२०७४ सालमा कुल १०४ सार्वजनिक विदा थियो । यो वर्ष पुरै विदा भएका १० वटालाई आंशिक बनाइएको छ भने १२ वटा विदा पूर्ण रुपमा कटौती भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment