Comments Add Comment

१४ वर्षको भयो जिमेल, जानौँ केही रोचक तथ्य


विद्युतीय हुलाकको दुनियाँलाई बदलिदिएको जिमेलको सुरुवात सन् २००४ को अप्रिल १ मा भएको हो । अहिले जिमेलले १४ वर्ष पूरा गरिसकेको छ । आउनुस् जिमेलसँग जोडिएका केही रोचक तथ्यहरु जानाैंः

· विश्वमा १ अर्ब भन्दा धेरै जिमेल अकाउन्ट छन् । ७ फेब्रुअरी २००७ मा पहिलोपटक सर्वसाधारणका लागि जिमेल सेवा सुरुवात भएको थियो ।

· सुरुमा जिमेलमा केवल १ जिबीमात्र डाटा स्टोर गर्न सकिन्थ्यो । २०१३ पछि चाहिँ जिमेलमा १५ जिबीसम्म डाटा स्टोर गर्न सकिन्छ ।

· जिमेलमा पहिलोपटक मेसेजमा पठाइएको शव्द हो, QUERTYUIOP ।

· जिमेल सुरु गर्दाको समयमा यसलाई गोप्य नाम CARIBOU दिइएको थियो ।

· जिमेलमा यस्ता लाखौँ अकाउन्ट छन् जो केवल एकपटक मात्र खोलिएको छ ।

· ७५ प्रतिशत भन्दा धेरै मानिसहरु आफ्नो मोबाइलबाट जिमेल प्रयोग गर्दछन् ।

· जिमेल एड्रेसमा रहेको डटको कुनै खासै अर्थ छैन । यदि डट नलगाइकन एड्रेस टाइप गरी पठाउनुभयो भने पनि सोही व्यक्तिलाई इमेल जान्छ ।

· जिमेल साइट लञ्च हुनु ठिक अघिल्लो रातमात्रै यसको लोगो डिजाइन गरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment