+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

मस्ती टकः ‘आकाशले रोमान्स सिकाएपछि रोमान्टिक बनिन् पूजा'(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २० गते १६:३९

नायिका पूजा शर्मा फरासिली छिन् । उनको खुलेर बोल्ने बानीलाई दर्शकले खुबै मन पराउँछन् । पूजाले एकपछि अर्को चलचित्रमा रोमान्स गरेका नायकहरु स्टार बनिरहेका छन् । अब, उनी नायक आकाश श्रेष्ठसँग चलचित्र ‘रामकहानी’मा रोमान्स गरिरहेकी छिन् ।

भदौ २२ गतेबाट रिलिज हुने यो चलचित्रलाई लिएर आकाश र पूजा दुबैजना उत्साहित छन् । अनलाइनखबरको ‘ओके मस्ती टक’मा कुराकानी गर्ने क्रममा यी दुइले निकै रमाइलो गरे ।

आकाश र पूजासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


आकाश निकै कम बोल्छन् । तर, उनलाई पूजाले धेरै बोल्ने बनाइसकेकी छिन् । तर, यो चलचित्रमा भने पूजालाई आकाशले रोमान्स सिकाएका छन् । आकाश भन्छन्-‘म पहिलेदेखि नै रोमान्टिक छु । यसपटक मैले पूजालाई नै रोमान्स सिकाएकी छु ।’

पूजा भने आफूले काम गरेका सबै हिरोहरुलाई रोमान्स सिकाएको बताउँछिन् । यसपटक, चलचित्रमा आफू निकै कम बोल्ने सोझी यूवतीको भूमिकामा रहेको पूजाले बताइन् ।

चलचित्र ‘म यस्तो गीत गाउँछु’पछि दर्शकले पूजा र उनको चलचित्रमाथि धेरै नै आशा राख्ने गर्छन् । पूजा, दर्शकको आशालाई ‘रामकहानी’ले निराशामा नबदल्ने बताउँछिन् ।

आकाश र पूजाले ‘मस्ती टक’मा रमाइलो खेल पनि खेले । श्रीमान्-श्रीमति बनेर झगडा गर्दा यी दुइको शैली गज्जबको थियो । उनीहरुको यो खेल कस्तो थियो भन्ने जान्नका लागि, तपाइले भिडियो नै हेर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?