Comments Add Comment

एसिया कप भारतबाट यूएई सर्‍यो, नेपालले प्ले अफ खेल्ने

२७ चैत, काठमाडौं । भारतमा हुने भनिएको एसिया कप २०१८ संयुक्त अरब इमिरेट्स -यूएई) ले आयोजना गर्ने भएको छ । प्रतियोगिता सेप्टेम्बर १३ देखि २८ सम्म हुने अनुमान छ ।

भारत र पाकिस्तानको तनावपूर्ण सम्बन्धका कारण एसिया कप भारतको सट्टा यूएईमा हुने भएको हो । यसबारे एसीसीमा छलफल भएको भन्दै एसियन क्रिकेट काउन्सिल र पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेट्ठीले अर्को देशमा प्रतियोगिता आयोजना गर्नु नै उत्तम विकल्प भएको बताए ।

इमर्जिङ टिम्स एसिया कप भने पाकिस्तान र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अपि्रलमा हुने भनिएको यो प्रतियोगिता अब डिसेम्बरमा हुनेछ ।

नेपालले प्ले अफ खेल्ने

यो एसिया कपमा ६ टीम हुनेछन् । जसमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानको स्थान पक्का छ । नेपालले प्ले अफ खेल्नु पर्नेछ । यूएई, हङकङ, नेपाल र ओमानको प्ले अफबाट छैटौं टीम भने तय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment