Comments Add Comment

भक्तपुरमा जी मोटर्सले रेनो गाडी बेच्ने

४ वैशाख, काठमाडौं । भक्तपुरको लागि रेनो गाडीको पहिलो आधिकारिक डिलरको रुपमा जी मोटर्स नियुक्त भएको छ । रेनो गाडीको नेपालका लागि आधिकारिक बिक्रेता एड्भान्स अटोमोबाइल्सले उपत्यकाकै पहिलो डिलरको रुपमा जी मोटर्सलाई भक्तपुरका लागि डिलर नियुक्त गरेको बताइएको छ ।

जी मोटर्सले रेनोका क्विड, डस्टर र लजी गाडी उपलब्ध गराउने छ । रेनोले नयाँ बर्ष २०७५ को अवसर पारेर ल्याएको ‘रेनो रेनोत्सव’ अफरको छुट समेत जी मोटर्सबाट प्राप्त गर्न सकिने यसका सञ्चालक कैलाशबाबु गेलालले बताए । रेनो रेनोत्सवले ‘खुसीयाली नयाँ बर्ष २०७५ को’ नाराका साथ नयाँ वर्ष अफर उपलब्ध गराइरहेको छ ।

रेनोले नयाँ बर्षलाई खुसी र उल्लासमय बनाउन ल्याएका अफरमा रेनो लजी मोडलमा ५ लाख सम्मको छुट अफर ल्याएको छ । त्यसैगरी डस्टरको खरिदमा ३ लाख १० हजार र क्विडको खरिदमा १ लाख ८० हजार सम्म नगद छुट उपलब्ध गराएको छ ।

रेनो क्विडको मूल्य १९ लाख ८४ हजार ९ सय देखि २३ लाख ५२ हजार २ सय सम्म छ । त्यसैगरी डस्टर पेट्रोलको मूल्य ३५ लाख ८१ हजार ७ सय देखि ४८ लाख ८० हजार तथा डिजेलको मूल्य ४३ लाख ११ हजार देखि ५७ लाख २८ हजार सम्म छ । लजीको मूल्य ३९ लाख ९५ हजार देखि ५५ लाख ६७ हजार सम्म छ ।

यसका साथमा योजनामा ५ बर्षसम्म निःशुल्क सर्भिस सुविधा, ३ बर्षको निःशुल्क सवारी साधन कर, फाइनान्स सुबिधा र आर्कषक मूल्यसहितको एक्स्चेन्ज सुबिधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

फ्रान्सली बहुराष्ट्रिय अटोमोबाइल उत्पादक कम्पनी रेनो (रेनल्ट) नेपाली बजारमा २०७३ भदौमा औपचारिक रुपमा प्रवेश गरेको हो । नेपालको सवैभन्दा ठूलो व्यवसायिक समूहमध्येको एक विशाल ग्रुपपसँगको साझेदारीमा रेनो नेपाली बजारमा प्रवेश गरेको हो ।

विशाल ग्रुप अन्तर्गको एड्भान्स अटोमोबाइल्सले रेनोका क्विड र डस्टर कार पहिलो चरणमा भित्र्याएको थियो । केही समय पछि लजी कार समेत नेपाली बजारमा उपलब्ध गराएको थियो ।

केही समय पछि क्याप्चर एसयूभी समेत भित्र्याउने योजना रहेको कम्पनीको भनाइ छ ।

जी मोटर्सले हाल फोर्स मोटर्सको भक्तपुरको लागि डिलरको रुपमा समेत कार्य गरिरहेको छ । जी मोटर्सले पहिले देखि नै फोर्स मोटर्सको १४ सिटे जिप क्रुजर, अफरोड भेइकल गुर्खा, ट्राभलर स्कुल बस, क्रुजर स्कुल भ्यान र कार्गो पिकअप उपलब्ध गराइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment