६ बैशाख, काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका–६ मा नक्कली सुन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । एक फरार छन् ।
पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा–७ घर भइ हाल भक्तपुरको सल्लाघारी बस्दै आएका ३० वर्षीय अजय तामाङ र २५ वर्षीय विष्णु मोक्तान छन् । झापा घर बताउने कर्ण लिम्बु फरार छन् ।
काठमाडौं प्रहरी परिसरका अनुसार उनीहरुले सुन जस्तो देखिने १ केजी धातुलाई सुन भनेर विश्वस्त बनाएर २८ लाख ६० हजार रुपैयाँ ठगी गरेका थिए । रकम लिएपछि उनीहरु फरार भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए ।
महानगरीय प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेका दुई जनाविरुद्ध ठगी मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट ५ दिनका म्याद थप गरेर विस्तृत अनुसन्धान थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4