Comments Add Comment

आरआर चौलागाईँका १० वटा सुत्रकथा

लेखक आरआर चौलागाईले साहित्यमा नयाँ शैली भित्र्याउने प्रयास गरेका छन् । चौलागाईले यसलाई सूत्रकथा भनेका छन् । साहित्य सिद्धान्तअनुसार कथामा हुनुपर्ने तत्वहरु यसमा नपाइन सक्छन् । तर, चौलागाईले अघि सारेको नयाँ शैलीको लेखनबारे बहस होस् भन्नका लागि हामीले यनका १० वटा सूत्रकथाहरु यहाँ प्रस्तुत गरेका छौंः

(१) चलन
– “फलानो लेखकको योगदानको बारेमा हामी सबैले केही न केहीे लेखौँ न ! उहाँले गरेको कामको मूल्यांकन हुनुपर्‍यो ।”
– “के उहाँको मृत्यु भयो र ?”

(२) परिणाम
उसले आˆनो प्रेमीलाई भनी- “यो संसारमा तपाईँ बाहेक मेरो कोही छैन ।”
उसले धेरै जनालाई यस्तो भनी ।
बिस्तारै ती धेरै जनाहरू कोही घरबाट डेरामा पुगे । कोही कारबाट मोटर साइकलमा पुगे । कोही मोटर साइकलबाट फुटपाथमा पुगे ।

(३) बर्ड फ्लु
बर्डˆलुबारेको राष्ट्रिय गोष्ठी ।
एक से एक स्वनामधन्य वक्ताहरू ।
रोगको विरुद्घमा लड्ने वचनवद्घता ।
खानपिनमा कुखुराको मासुका विभिन्न परिकार ।

(४) वार्ता
पत्रकार- “यस्तो पेसा नगरे हुन्न ?”
युवती- “यो वाध्यता हो ।”
पत्रकार- “मैले लेखेँ भने बदनाम हुन्छ नि !”
युवती- “लेखेर तपाईँले के पाउनुहुन्छ ?”
पत्रकार- “अनि नलेखे बापत मैले के पाउँछु ?”

(५) अस्ति, हिजो र आज
अस्तिसम्म- “ज्यू” र “हजुर” सुनिन्थ्यो ।
हिजो- “तपाईँ” भनेको सुनियो ।
आज- “तिमी” भनेर चलेको देखियो ।

(६) प्रशंसा
मालिकनीले नोकरलाई भनिन् ।
-“रामे, तेरो हाइट कत्ति सुहाउँदो !”
-“रामे, तेरो पाखुरा कत्ति बलियो !”
-“रामे, तेरो पिँडुला कत्ति दरो !”
-“रामे, तेरो आँखा कत्ति चम्किलो !”
-“रामे, तेरो दाँत कत्ति सेतो !”
-“रामे, तेरो कपाल कत्ति कालो !”
-“रामे, तेरो बोली कत्ति मिठो !”
रामेले बिचैमा काट्यो- “मालिकनी सा’ब ! एक्कैचोटि भन्नोस् न- “रामे, तँ कत्ति राम्रो !”

(७) मूल्याङ्कन
भोजअघिको प्रतिक्रिया- “किताब खत्तम छ ।”
भोजपछिको प्रतिक्रिया- “किताब उत्तम छ ।”

(८) समय
ऊ अत्यन्त सरल भयो ।
हुँदाहुँदा उसको अस्तित्व नै सङ्कटमा पर्न थाल्यो ।
देखाउनकै लागि भए पनि ऊ कठोर भयो । अचेल उसलाई सबैले मान्छन् ।

(९) आरोप
उसले उनलाई एक्लै भएको मौका पारेर आफ्नो आसय बतायो । उसको अनुकूलको जवाफ नआएपछि हातपात गर्न खोज्यो । सफल भएन र फक्र्यो ।
ऊ अचेल भनेर हिँड्दै छ- “त्यो आईमाईको चरित्र ठीक छैन ।”

(१०) सम्बन्ध
भाइ नभएर उसले एउटालाई भाइटीका लगाई ।
बिस्तारै भाइ, भाइबाट प्रेमी भयो र अन्तिममा लोग्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment