कस्ता युवतीसँग पुरुषहरु आकषिर्त हुन्छन् ? यसमा आ-आफ्नै राय हुनसक्छ । यद्यपी बढ्दो उमेरका पुरुषलाई भने आफुभन्दा निकै कम उमेरका युवती मनपर्ने रहेछ । यो हाम्रो अनुमान होइन । रिसर्चले निकालेको निष्कर्ष हो ।
पुरुषहरु आफु जतिसुकै उमेर पार गरेपनि आफ्नालागि उनीहरुले जवान युवती रोज्ने गरेका छन् । उमेर पाको हुँदै गएपनि पुरुषको झुवाक आफुभन्दा निकै कम उमेरका युवतीमा हुने उक्त अध्ययनमा खुलेको छ । अध्ययनमा के पनि खुलासा भएको छ भने, जवान पुरुष २२ बर्षकी युवतीसँग सम्बन्ध बढाउन चाहन्छन् भने ५०-६० बर्षका पुरुष पनि तिनै २२ बर्षे युवतीप्रति सम्बन्ध बनाएको कल्पना गर्छन् ।
यो थियो रिसर्च
यो रिसर्च साइएआर-एक्सआइवी नामको जर्नलमा प्रकाशित भएको छ, जसमा फिनल्यान्डको तुर्कुस्थित अबो एकाडेमी युनिभर्सिटीका मनोविज्ञहरुले उक्त कुरा खोतलेका हुन् । उनीहरुका अनुसार यस सन्दर्भमा महिलाको सोंच भने निकै संकिर्ण पाइयो । महिलाहरु केवल यस्ता पुरुषसँग सम्बन्ध राख्न चाहन्छन्, जो उनीहरुकै उमेरको हाराहारीको होस् वा त्यो भन्दा बढी । उनीहरु आफुभन्दा कम उमेरका पुरुषसँग सम्बन्ध बनाउनेबारे खासै सोच्दैनन् ।
समझदार पुरुष मनपर्ने
महिलाहरुलाई समझदार पुरुषसँग सम्बन्ध बनाउन रुची हुने उक्त अध्ययनमा देखियो । अध्ययन अनुसार अक्सर महिला आफुभन्दा कम उमेरका पुरुषसँग सहज महसुष गर्दैनन् । उनीहरु आफुभन्दा ठूलो उमेरकै पुरुषसँग बढी आनन्द महसुष गर्छन् ।
२ हजार ६ सय ५५ वयस्कमाथि रिसर्च
यो रिसर्च २ हजार ६ सय ५५ वयस्कमाथि भएको थियो । साथै रिसर्चको नतिजाले यो पनि बतायो कि, पुरुषहरु आफुभन्दा कम उमेरकै युवतीसँग यौन सम्बन्ध स्थापित गर्न चाहे पनि उनिहरुले सन्तुष्ट भने तुल्याउन सक्दैनन् ।
यौनमा उमेर बाधक हुन्छ ?
यो अध्ययनको निष्कर्ष थाहा पाइसकेपछि एउटा प्रश्न उब्जन्छ, के यौनमा उमेरको कुनै प्रभाव रहन्छ ? नेपालीमा भन्ने गरिएको छ, तन बुढो भएपनि, मन बुढो हुँदैन ।
बुढ्यौली उमेरले गाँज्दै लगेपनि यौनइच्छामा कमी भने हुँदैन । भलै उनको यौनसक्रियता सिथिल हुनसक्छ । यौनमा त्यसरी सक्रिय नहुन सक्छ, जसरी जवानमा भइन्छ । यद्यपी यौनइच्छा भने उस्तै रहन्छ । यो स्वभाविक र प्राकृतिक प्रक्रिया पनि हो ।
युवतीको कुरा
युवतीहरु अक्सर आफुभन्दा बढी उमेरका पुरुषसँग सम्बन्ध बनाउन चाहन्छन् । उनीहरु परिपक्क पुरुष चाहन्छन् । आफ्नो आर्थिक, सामाजिक सुरक्षाको हिसाबले पनि उनीहरु परिपक्क पुरुषसँग सम्बन्ध बनाउन चाहन्छन् । समझदार, परिपक्क, स्मार्ट, बौद्धिक, रोमान्टिक पुरुषसँग युवतीहरु आकषिर्त हुने पाइएको छ ।
प्रतिक्रिया 4