
११ वैशाख, वीरगञ्ज । दाइजोकै कारण बिहे भाँडिएपछि पर्सामा एक युवतीले आत्महत्या गरेकी छन् ।
पोष्टमार्टम रिपोर्टले आत्महत्या भएको पुष्टि गरेको छ । तर, प्रहरीले युवतीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-८ का बच्चु भन्ने जयनारायण साह छन् ।
दाइजोले भाँडियो बिहे
जयनारायणका छोरा २१ बषर्ीय शिव दयाल र वीरगञ्ज महानगरपालिका-२३ का दिनदयाल साह तेलीको छोरी १८ वषर्ीया रविताकुमारीबीच विवाहको कुरा छिनिएको थियो ।
वैशाख १४ गते विवाह गर्ने तय भएको थियो । विवाहको निमन्त्रणा कार्डसमेत छापिसकेको थियो ।
तर, जयनारायण र उनको छोरा शिवदयालले दिनदयाललाई फोन गरी थप ८० हजार दाइजो मागे । बिहेको कुरा छिन्दा नै सुनका गहनालगायत दाइजो लेनदेनको सहमति भएको थियो । तर, केटापक्षले थप दाइजो मागेपछि दिनदयाललेे असमर्थता जनाए । जयनारायणले ‘दाइजो नदिने भए विवाह गर्न आउँदैनौ’ भने ।
रविताकुमारीले शिव दयाल -विवाहका लागि तय भएका केटा)सँग फोनमा कुरा गरिन् । तर, उनले पनि थप दाइजो मागे । त्यही कारण रविताले वैशाख ६ मा आत्महत्या गरिन् ।
‘दाइजो दिएर बिहे गर्नु भन्दा मर्नु नै बेस’ भन्दै किशोरीले आत्महत्या गरेको पुष्टि भएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए । प्रहरीले दाइजोका लागि दबाव दिने जयनारायणलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा पक्राउ गरेको छ ।
कुनै दबाव वा प्रभावका कारण आत्माहत्या गरेमा त्यस्तो कारकलाई पक्राउ गरी कारबाही गर्न सक्ने व्यवस्था छैन । तर, दाइजोको मोलमोलाई भएका कारण सामाजिक व्यवहार सुधार ऐन आकषिर्त हुने देखिएको छ ।
उनले भने ‘दाइजोकै विषयलाई लिएर किशोरी तनावमा आई आत्महत्या गरेको देखिन्छ । त्यसैले आत्महत्या गर्न बाध्य पार्नेलाई पक्राउ गरी अनुसन्धान शुरु गरेका छौं ।’
जयनारायणलाई जिल्ला प्रशासन कार्यालय पर्सामा सामाजिक व्यवहार (सुधार) ऐन-२०३३ अन्तर्गत कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया 4