+
+

‘नाई नभन्नु ल ५’ मा निरुता सिंहको अतिथि भूमिका

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १४ गते १४:३६


नायिका निरुता सिंह लामो समयको अन्तरालपछि नेपाली चलचित्रमा देखिने भएकी छिन् । निर्देशक विकास आचार्यले उनलाई ‘नाई नभन्नु ल ५’ मा छोटो भूमिकाका लागि अनुबन्धित गरेका छन् । उनी बालकलाकार अनुभव रेग्मीकी आमाको भूमिकामा देखिनेछिन् ।

भारतको मुम्बईमा बस्ने निरुता ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’का लागि नेपाल आएकी थिइन् । उनको शुक्रबारै फर्किने योजना थियो । तर, चलचित्रको प्रस्ताव आएपछि उनको बसाई दुई दिन पछि सरेको छ । उनले शनिबार चलचित्रको सुटिङ सकेर आइतबार फर्किने अनलाइनखबरलाई बताइन् ।

विकासराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको छ । संभवत, निरुताको दृश्य छायांकन गरेपछि चलचित्रको छायांकनको काम सकिनेछ ।

चलचित्रमा स्वस्तिमा खड्का, अनुभव रेग्मी, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्र भदौ ८ गतेबाट रिलिज हुनेछ । लामो समयपछि दर्शकले निरुतालाई छोटै भूमिकामा भएपनि पर्दामा हेर्न पाउने भएका छन् । निरुताले राम्रो कथामा अफर आए चलचित्र खेल्ने बताउँदै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?