Comments Add Comment

एमालेले जस्तो सरकारलाई अप्ठेरो पार्दैनौंः गगन थापा

२० वैशाख, गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपाली कांग्रेसले विगतका प्रतिपक्ष जस्तो कांग्रेसले सरकारलाई असहयोग नगर्ने बताएका छन् ।

०४८ सालमा एमाले संसदमा खाली सरकारलाई अप्ठ्यारो मात्रै पार्ने गरेको सम्झिदै थापाले एमालेले जस्तो सरकारलाई असहयोग गर्ने कांग्रेसको चरित्र नभएको स्पष्ट पारेका हुन् । ‘राम्रा कामलाई हामीले सहयोग गछौं,’ उनले भने,’संविधान र संघीयताको कार्यान्वयन, प्रदेशलाई अधिकार सम्पन्न गराउने कुरामा पनि कांग्रेसले आफ्नो मुख्य जिम्मेवारी ठानेको छ ।’

कांग्रेस गुल्मीले संचालन गरेको ५० औ दिने महाअभियानलाई सफल बनाउन बिहीबार गुल्मी आएका नेता थापाले सरकारले गलत काम गरे ठीक ठाउँमा ल्याउने जिम्वारी पनि कांग्रेसकै भएको बताए । ‘सरकार बरालियो भने ठीक ठाउँमा ल्याउने जिम्मेवारी नेपाली कांग्रेसको हो ।’ उनले भने ।
उनले संसदमा प्रतिपक्षको डिउटीको जिम्मेवारी कांग्रेसले पाएकाले सरकार जहाँ चुक्छ त्यही खबदारी गर्ने बताए ।

पूर्व मन्त्री समेत रहेका थापाले संबिधान कार्यन्वयनको चरणमा नेपाल रहेकाले संघीयता, स्थानीय सरकार जस्ता महत्वपूर्ण कामहरु सुरुआती चरणमा रहेकाले सरकारले गर्ने राम्रो कामको समर्थन गर्ने बताए ।

पार्टीका पराजित उम्मेदवारहरुलाई छायाँ सरकारमा सकि्रय हुन निर्देशन

यस्तै नेता थापाले स्थानीय तह नगर, गाउँपालिका वडा तहमा चुनावमा पराजित भएका उम्मेदवारहरुलाई अबको पाँच वर्ष सक्रिए भएर छायाँ सरकारमा बसेर काम गर्न आग्रह गरे ।

सरकारलाई पाँच वर्ष सरकारलाई काम गर्न दिनुपर्ने भन्दै कांग्रेसले छायाँ सरकारमार्फतसंगठन बनाउनु पर्नेमा जोड दिएका थिए ।

व्यङ्ग्य गर्दै उनले थापाले भने,’सरकारलाई काम गर्न दिउ । राम्रो गरे ताली बजाउला । जनताले एक पटक थाहा पाउन र हेरुन समाजवादउन्मुख पार्टीले ल्याएको समाजवाद ।’

नेता थापाले कांग्रेसका कुनै पनि कार्यकर्ताले हिनता बोध गर्नुपर्ने र शीर निहुराउनु पर्ने अबस्था नरहेको समेत दावी गरे ।

पार्टी भित्रका गल्तीहरु सच्चिएर जाने र सच्चाउने भन्दै उनले कतिपय बिषयहरु पार्टीभित्रैबाट चिरेर जाने भएकाले नेतृत्व परिर्वतन, महासमिति बैठक महाधिबेशन ठाउँमा लडेर परिर्वतन गर्ने बताए ।

अहिले नेपाली कांग्रेसलाई एक ढिक्का बनाए एकताबद्ध बनाएर जनतामा लैजाने भन्दै उनले कार्यकतालाई नआतिन सुझाब दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment