Comments Add Comment

संघीय संसदको दोस्रो अधिवेशन सुरु, ४ अध्यादेश पेश

फाइल तस्वीर

२३ वैशाख, काठमाडौं । संघीय संसदको दोस्रो अधिवेशन आइतबार सुरु भएको छ ।

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७५ र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी अध्यादेश पेश भएका छन् ।

दोस्रो अधिवेशनको पहिलो बैठकमा गृहमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश पेश गरे ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५, र कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७५, र संघिय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी अध्यादेश पेश गरे ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पनि पेस गरिएको छ । मस्यौदा समितिका सभापति कृष्णभक्त पोख्रेलले समितिको प्रतिवेदन पेश गरेका हुन् । संसदले चैत २२ गते प्रतिनिधिसभा कार्य सञ्चालनका लागि प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको थियो ।

समितिलाई कार्य प्रारम्भ भएको मितिले एक महिनाको समयवाधि दिइएको थियो । समितिले टुंगो लगाएको मस्यौदा प्रतिवेदनमा फरक मत पनि समावेश गरिएको छ ।

संसोधन प्रस्ताव दर्ताका लागि वैशाख २५ गते अपरान्ह २ बजे सम्मको समय दिइएको छ । बैठकको सुरुमा नै सभामुख कृष्णबहादुर महराले अधिवेशन आहृवानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment