Comments Add Comment

धराने मेयरलाई २२ किलोको माला

२३ वैशाख, धरान । बाटो र ड्रेन बनाउन बजेट र हौसला दिएको भन्दै धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बालाई उपभोक्ताले कार्यकक्षमै आएर २२ किलोको मालाला लगाएर सम्मान गरेका छन् ।

२० वर्षसम्म केन्द्रीय सरकार र त्यसका निकायबाट बन्न नसकेको धरान-५ स्थित देविगाउको डेड किलोमिटर सडक तथा ड्रेननिर्माण गर्न बजेट र हौसला दिएको भन्दै स्थानीयवासीले आइतबार कार्यकक्षमै सम्मान गरेका हुन् ।

स्थानीय तहको निर्वाचन पछि मेयर तारा सुब्बाकै निर्देशनमा उक्त सडक तथा ड्रेन बनेको छ ।

२० वर्षसम्म निर्माण हुननसकेको उक्त योजना स्थानीयले चार महिनामा निर्माण गरेका छन् । ‘हामी उपमहानगरवासी भएको र गाउँमै स्थानीय सरकार आएको महसुस भएको छ’ स्थानीय समाजसेवी पञ्चबहादुर कुलुङलेभने, ‘सडकको मर्मत र ड्रेन बनेपछि गाउमाएम्बुलेन्स,स्कुलबस तथा टेम्पोहरु चल्नथालेका छन,हामी पनि सुगम ठाउँमै भएको अनुभूति भएको छ ।’

चालु आर्थिक वर्षमा नगरस्तरीय योजनाबाट ८० लाख रुपैयाँ र जनस्तरबाट २० लाख रुपैयाँ गरी एक करोडको लागतमा सडक तथा ड्रेन तयार भएको हो ।

उक्त सडक तथा ड्रेन निर्माण भएपछि स्थानीयहरु हषिर्त भएका छन् । सडक निर्माण भएपछि हर्दिया, श्रीगाउँ, पत्रङबारी, दानाबारी, सुमनटार, निसानडाँडा, याङसिला, टाकुरे, राजभणार तथा सतिघाटका बासिन्दा प्रत्यक्ष लाभान्वित भएको स्थानीय युवा गोबिन्द बिकले बताए ।

काठेपुलदेखि देवीमार्ग हुँदै देबीगाउँ सिरानसम्म ड्रेन निर्माण उपभोक्ता समितिकी अध्यक्ष दुर्गालक्ष्मी राईका अनुसार सडक निर्माणको कार्यमा स्थानीयबासीको अग्रसरता र मेयरको हौसलाका कारण छोटो समयमै यो कार्य सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment