बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

हिन्दू राज्य माग्नेलाई ओलीले भने – म धर्मबाट चल्दिन, असान्दर्भिक माग नराखौं

Suzuki
अनलाइनखबर


१ जेठ, काठमाडौं । नेपाललाई हिन्दू राज्य घोषणा गर्न माग राख्ने नेपाल र भारतका हिन्दू अभियन्ताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले असान्दर्भिक भइसकेको विषय नउठाउन आग्रह गरेका छन् ।

भारतको गोवर्द्धन मठका पीठाधीश्वर शंकराचार्य निश्चलानन्द सरस्वतीको अभिनन्दन समारोहमा ओलीले भने ‘अब यो कुरा असादन्भिर्क भइसक्यो । म धर्मबाट चल्दिन, देश र जनताको सम्बृद्धिका लागि काम गर्छु ।’

ओलीले नेपाल गणतन्त्रमा गइसकेको भन्दै सबैले परिवर्तनलाई स्वीकार गर्नुपर्ने बताए । ओलीले भने ‘कुनै पनि संस्थाको समयअनुसार सान्दर्भिकता रहन्छ । त्यसले समय अनुसार आफूलाई ढाल्न नसके असान्दिर्भक भएर जान्छ । म देश र जनताको समृद्धिका लागि काम गर्न लागेको छु । प्रधानमन्त्रीका रुपमा पदमा रहेसम्म म धर्मबाट चल्दिन ।’

कार्यक्रममा विश्व हिन्दू महासंघका अन्तर्राष्ट्रिय समिति अध्यक्ष भरतकेशर सिंह, हरिबोल भट्टराई लगायतकाले नेपाललाई हिन्दू राज्य घोषणा गर्न प्रधानमन्त्री ओलीले साथ दिनुपर्ने बताएका थिए ।

नागरिक अभिनन्दन कार्यक्रममा शंकराचार्यले नेपाल पुन्य भूमि रहेको भन्दै हिन्दू राज्य बनाएर भारतलाई पनि पाठ सिकाउन आग्रह गरे । उनले विश्वमा हिन्दूराज स्थापना गर्न नेपालबाट शंखघोष हुनुपर्ने बताए ।

२०७५ जेठ १ गते १८:२६ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१४ प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७५ जेठ १ गते १८:४४

    प्रमले हिन्दु धर्म अनुसार चल्दीन भने पनि,

    नेपाल हिन्दु राष्ट्र भए पनि नभए पनि,

    कमुनिष्ट पृष्ठभुमीकि राष्ट्रपती र अरु ठुला कमुनिष्ट नेताहरुले,

    पशुपतिमा ‘बिशेष पुजा’गरेकै छन्,

    पशुबली र भाकल गरेकै छन्,

    ज्योतिषको परामर्श लिएर मात्र,

    आफ्ना नयाँ कामका थालनी गरेकै छन्,

    त्यो भोटका लागि मात्र रहेछ भनि बुझौ l

    48
    20
    Share

  • Bharat Sapkota लेख्नुहुन्छ    |   २०७५ जेठ १ गते १९:२०

    I like KP Oli word. Country shouldn’t discriminate any religion. Country should pryactice in fairway.

    40
    34
    Share

  • Prem Kumar Jha लेख्नुहुन्छ    |   २०७५ जेठ १ गते १९:३९

    कुरा त ओली जी को पनि ठीक छ. तर हिन्दू राष्ट्र हुंदा अन्य कुनै धर्मलाई थिचो मिचो कहां गर्ण खोजेको हो हामीले.

    43
    18
    Share

  • डा.दयाराम श्रेष्ठ लेख्नुहुन्छ    |   २०७५ जेठ १ गते १९:४४

    कुनै व्यक्ति कुनै धर्मका अनुयायी हुन सक्छ त्याे हुनु पनि पर्दछ । नेपाल बिविध धर्म भाषा र जाति भएकाे देशमा कुनै हिन्दू धर्म बिशेष, बाैध्द धर्म बिशेष वा अन्य धर्म बिशेष राज्य वा देश हुनै सक्दैन । कुनै एउटैशिंगाे देश एउटै धर्म सापेक्ष व्यवहारिक हुँदै हुदैन । प्रधानमन्त्रीज्यूले ठिक भन्नु भाे । याे राम्राे कुरा हाे नेपाल धर्म निरपेक्ष राष्ट भएकाे नै राम्राे हाे । यसले सवै धर्मलाइ समान व्यवहार गर्दछ । भलै हिन्दू धर्मकाे अनुयायी बढी संख्या भएकाे नाताले यसमा बिचार भने गर्नै पर्छ । म पनि हिन्दू संस्कारका अनुयायी हुं । तर सवै धर्म प्रति मेराे अगाढ सम्मान छ ।

    40
    25
    Share

  • पूणॅणान लेख्नुहुन्छ    |   २०७५ जेठ १ गते १९:४८

    ठप्पपानेॅ भनी सरकारलाई चेतावनि दिने हो भने यातायातमा जस्तै सरकारले कदम चाल्न सक्छ ।

    7
    25
    Share

  • Ratnakaji Bajracharya लेख्नुहुन्छ    |   २०७५ जेठ १ गते २०:००

    यो धोतिलाई कालो मोसो लगाएर तुरुन्तै हिन्दुस्तान धपा साला आफ्नो देश धर्म निरपेक्ष छ त्याहाँ केही गर्न नसक्ने अनि नेपाल आएर नानाभांती फलाकने? यो शंकराचार्य होइन बदमास हो ।

    54
    21
    Share

  • खडुनिधि संग्रौला, दुधे, झापा लेख्नुहुन्छ    |   २०७५ जेठ १ गते २०:०६

    झापायुद्ध जनयुद्ध के पुजा आजा गर्थे
    मोदी आउने भने पछि मन्दिर सफा गर्थे
    फूलमाला पुजा सामग्री सबै जुटाउञ्छन
    लुकी लुकी धामी झाँक्री जोतिशी काँ फुकौन्छ्न
    जनता जति सबै भए धर्म संस्कृति मान्ने
    नेताहरु भए लेलिन मावो मार्क्स मान्ने
    मान्छे काट्नु मार्नु केहि साँधी नै भएन
    जेल जानु पर्नेहरु लाइ केहि कानुनले बाँधेंन
    लेलिन मावो मार्क्स स्टालिन लाइ पुजिन्छ
    लेलिनको फोटो नराखेको रिश्मा दिनभरी बाजिच्छ
    लेलिन मावो मार्क्स स्टालिन हुन् हाम्रा भगवान
    यिनकै पुजा आजा गरे बैतर्नी तार्छन
    दिंदा त् हुन्न्त्यो हिन्दु राज्य जनता खुसि हुन्छन
    युरोपिएन , ब्रिटिश सबै क्रिस्टियन रिसाउन्छंन

    38
    11
    Share

  • kriparam लेख्नुहुन्छ    |   २०७५ जेठ १ गते २३:३७

    धर्म लाइ आदर सहित आफ्नो आफ्नो मन्दिर मा राख्नु पर्छ, अनि हृदय मा !

    नकि सडक र राजनीति मा !

    हिन्दु धर्म महान छ तर नेपाल मा अरु धर्म हरु पनि छन् ,

    अनि अहिलेको बिज्ञान को युग मा मानवता ले मात्रै सबै नेपालि लाइ एक ढीक्का बनाउन सक्छ !

    बिपी , गिरिजा , मदन भण्डारी हरु पनि धर्म व्यक्तिगत चिज हो र राज्य बाट फरक राख्नु पर्छ ( धर्म निरपेक्छ्य ) भनेका थिए !

    धर्म को नाम मा फेरी नेपालि नेपालि मा फुट ल्याउने र राजनीति गर्ने चेस्टा कसैले नगरौं !

    जय मानवता ! जय संबिधान !

    2
    3
    Share

  • प्रसिद लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १:२५

    नेपाल लाई बिकासको अर्गपङतिमा राख्ने हो वा सिङगापुर बनाउने हो भने तलका निम्न कारणले गर्दा हिन्दु रास्ट नै बनाउनु पर्दछ। 1. हिन्दु रास्ट नेपाल हुदा मात्र सबै धर्म जाति क्षेत्रमा भाइचारा मेलमिलाप थियो। निरपेक्ष बनाउदाको सुरुवातमा नै देस जातिय युद र टुक्ररने बिन्दुमा अघि वडेको हामी सबैलाइ थाहा छ। याद रहोस सान्ति बिना बिकास सफल हुदैन। 2. हिन्दु रास्ट हुदा मात्र बौद्ध , जौन, किरात धर्म मा सम्मान छ साथै यी धर्म सुरक्षित हुन्छन।धर्म निरपेक्ष को पहिलो असरले नेपाल बाट किरात बौद्ध धर्म लोभ हुने अबस्थामा जाँदै छ। 3. जनजाति, दलित, थारु, भोटे आदि आदि सबै जातिको पोसाक, भासा, माहान पर्व, वा पहिचान धर्म परिवर्तनले हरायको छ। तेसैले हिन्दु रास्ट हुनु पर्दछ। 4. बिदेसि पर्यटक भित्रायर देस लाई धनि बनाउन- देसको पुरातात्बिक सम्मपदा जस्तै मठ मन्दिर, गुम्वा, तेस समयका कला बास्तु अबस्था अबलोकन गर्न आउछन। हिन्दु रास्ट नभय मन्दिर गुम्वा सम्रक्षण हुदैन जस्ले पर्यटक घटछन। 5.पिपल तुलसि रोपेर पर्यबरणिय स्वास्थ हुदा छिटो रोग लाग्दैन।पिपल तुलसि निम जस्ता बोट केबल सनातन धर्म ले बडाउछ। याद रहोस खानामा खायको बीस ले भन्दा हावामा फैलियको बिसाक्त श्वास ले मानिस छिटो मोर्छ। 6.योग र आर्युवेद- बार्षिक अरवौ अरवौ रुपया औसधिको नाम मा बाहिर जादैन जस्ले देस धनि बन्छ।योग र आर्युवेदले शून्य रुपयामा बिना साइटइफेक्ट उपचार गर्न सकिन्छ। 7.अन्तरिक्षेको भासा र नासाले अनुसन्धान गरेको बेद अनुसन्धान गर्दा नेपाल अघि बड्ने मौका मिल्छ।याद रहोस बिस्वको महङ्गो शिक्षा संस्कृत शिक्षा हो। बिस्वले प्रमुख रुपमा राखेको भाषा सग टाडा हुनुले भावि पिडि पछाडि पर्नेछन। 8.नेपाल का नदि धार्मिक र नदि सग जोडियका धार्मिक स्थलको सम्रक्षण गर्न सकेमा ठुला कुरा नगरौ बर्षिक लाखौ लाख भारतिय पर्यटक भित्राउन सकिन्छ।जस्तै काली गण्डकी तेहा पाइने सिला को महत्वो, नारायणि आदि -याद रहोस नेपालमा आउने धेरै पर्यटक भारतिय र चिनिया हुन। 9.गाई को गोवर , गवोत, दूध ,दहि , घिउ बाट 48 रोगको निवारण गर्न सकेिने, गाइको एक किलो गोवर बाट 30 किलो खात बनाउन सकिने ,किटनासक औसधि भन्दा धरै गुणा उपयुक्त गोवत हुनु, जस्ले कृषि क्रान्ति ल्याउछ, केमिकल नराखियका साग सब्जि फल फुल खान पाइन्छ जस्ले पर्यबरणिय सन्तुलन र क्यानसर जस्ता रोग लाग्न दिदैन । अत हिन्द्ु रास्ट हुदा यस्ता धेरै फाइदा नेपाल र नेपालिले सिदै लिन सक्नेछन र निरपेक्ष हुदा नेपाल र नेपाली लाई बिदेसि यजेन्डामा डोरायदा रास्ट रास्टियता साथै जन्ताको बलिदान बाट आयको उपलब्धि पनि गुम्ने हुदा, हिन्दु रास्ट हुदा नै सबैलाइ फाइदा हुन्छ तर नेपाल लाई गरिबी बनायर आफनो धर्म संस्कार बस्तु लादेर अन्त त अफ्रिका बनाउने बिदेसि दलाल हरुलाइ मात्र घाटा छ।सनातन ( हिन्दु) रास्ट नेपाल नै आजको आबस्यकता हो।

    3
    3
    Share

  • खडुनिधि संग्रौला, दुधे, झापा लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते ७:२८

    यी तिलक श्रेठ ३, ०००००००% सहि बोल्छन, नेपाल त् नि हौ सर बिदेशी दलालले खाई सके है , बचाउ !!!!

    4
    2
    Share

  • संदेश राई लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते ९:५५

    एकदम सहि कुरा गरे ओलीलेजीले | रास्ट्र र कुशल राजनैतिकज्ञको आफ्नो बिशेष धर्म हुदैन किनकी उनीहरु दुबै (रास्ट्र र कुशल राजनैतिकज्ञ) देश र जनताका साझा हुन् |तर मुर्ख नेपालीहरुको एउटा झुण्ड छ जसले एकल धर्म र संस्कृति लाद्न खोजिरहेका छन् जुन २१औं शताब्दीमा अपाच्य हो |

    नेपाल धर्म निरपेक्ष् रास्ट्र हो, यहा सबै धर्म र संस्कृतिले राज्यबाट बराबरी सहयोग पाउनुपर्छ यो नै गणतन्त्रको सुन्दरता हो | २१औं शताब्दीमा भारत हिन्दुहरुको पीता हो तापनि देशलाई धर्म निरपेक्ष् बनाएका छन् किनकी उनीहरु नेपालीहरु भन्दा धेरै शिक्षित् र उद्दारबादी छन् र नै आर्थिक, टेक्नोलोजी र सैन्य क्षेत्रमा दक्षिण एशियाको शक्तिशाली रास्ट्र बन्दैछ | तर नेपाल यस्तो रास्ट्र हो जहाँका जनता बिदेशी सुट र फोन बोकेर आफुलाई आधुनिक भन्न रुचाउछन तर उनीहरुको स्वभाव चाही ढुंगे युग भन्दा माथि उठ्न सकेको छैन अनि देशमा विकास कसरी सम्भव छ ?

    2
    4
    Share

  • सन्त मगर लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १०:३४

    ओलीजीको बिचारमा म सहमतछु सरकार सबै जाती धर्म बर्गको लागी अबिभावक बन्नु पर्छ। त्यसमा पनी गणतन्त्र राज्य हो नेपाल जे बोलिएको छ त्यस्टै होस मेरो सलाम।

    2
    3
    Share

  • Desert लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते ११:३०

    Class of politicians we have is just caricature of pseudo intellectuals who have forgotten their roots, religion and rationality. Nothing survives unless it’s rooted within our framework of Nepaliness. Ideas borrowed, hijacked and misinterpreted are superficial at best. So Oli is no different but a jester whose claim to fame is murder and river jump in Jhapa. For him religion is a photo opportunity

    1
    1
    Share

  • मिलन खरेल लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १६:१५

    मोदी संग उभीएर त्यो पुजाको नाटक किन गरेछन त उखानेले ….. यिन्को नि अब अन्तिम पटक जस्तो छ यो ।

    4
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this