नायक सलिनमान बनियाँको मुख्य भूमिका रहेको चलचित्र ‘यात्रा’को छायांकन मंगलबारदेखि सुरु भएको छ । काठमाण्डौको कमलादीमा रहेको गणेस्थान मन्दिरमा पूजा गर्दै यसको छायांकन सुरु गरिएको हो ।
चलचित्रका निर्माताद्धय केशव भट्टराई र सुशिल पोखरेल, निर्देशक सम्राट शाक्य, कलाकारहरु सलिनमान बनियाँ, सलोन बस्नेत, छायांकार संजय लामाले पूजा गर्दै छायांकन प्रारम्भ गरे ।
चलचित्रको छायांकन गणेस्थान र गहनापोखरी वरपर भएको छ । चलचित्रमा सलिनको साथमा सलोन बस्नेत, जान्बी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्रचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर लगायतको मुख्य भूमिका छ । यही चलचित्र मार्फत मल्लिका महत्तले चलचित्र क्षेत्रमा डेब्यू गर्दैछिन् । यो चलचित्रले यात्रा र प्रेमको कथालाई उठान गर्नेछ ।
कोटकी कालिका देवी फिल्मस् र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा केशव र सुशीलसँगै मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माता छन् । चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरोयोग्राफी , हिमाल केसीको एक्सन, बनिष शाहको सम्पादन, आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ ।
चलचित्रमा संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत छ । चलचित्रलाई असोज ५ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ ।
प्रतिक्रिया 4