
२ जेठ, बुटवल । रुपन्देहीको मणिग्राममा एक मजदुरमाथि गोली प्रहार भएको छ । तिलोत्तमा नगरपालिका -५ राममणि क्याम्पस नजिकै अज्ञात समुहले रुपन्देहीकै कोटहीमाई ४ घर भएका रामकेश धबलमाथि गोली प्रहार गरेको हो ।
निर्माणाधीन घरको बाहिर खाना पकाउँदै गरेको अवस्थामा २ वटा मोटरसाइकलमा आएका तीन जनामध्ये एक जना मोटरसाइकलबाट झरेर नजिकै गई गोली हानेर भागेको प्रहरीले जनाएको छ ।
ढाडमा गोली लागेर गम्भीर घाइते धवललाई उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा रिफर गरिएको छ । प्रहरीका अनुसार उनको अवस्था चिन्ताजनक छ ।
धवल निर्माण मजदुर रहेको प्रहरीले जनाएको छ । गोली किन र कसले चलाएको भन्ने खुलिनसकेको मंगलापुर प्रहरी चौकीका इन्चार्ज यमराज पाण्डेले जानकारी दिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4