Comments Add Comment

‘दि कर्मा’मा नीता र परमिता भित्रिए


छायांकनमा जानु अघिदेखि नै विभिन्न कारणले चर्चा र विवादमा रहेको चलचित्र ‘दि कर्मा’को हाल धमाधम पोष्ट प्रोडक्शनको काम भैरहेको छ । चलचित्रको पोष्ट प्रोडक्शनको काम चलिरहेको समयमा यो चलचित्रमा ३ चर्चित अनुहारले काम गरेको खुलाइएको छ । चलचित्रको घोषणादेखि नै नायिकाको खोजी गरिएतापनि छायांकन सकिदासम्म निर्माणपक्षले यस बिषयमा जानकारी दिएको थिएन ।

चलचित्रको निर्माणपक्षका अनुसार, नायिकाद्धय नीता ढुंगाना र परमिता आर एल राणा चलचित्रको मुख्य भूमिकामा छन् । साथै, चलचित्रमा कलाकार वुद्दि तामाङको पनि मुख्य भूमिका छ ।

निर्माता जय राज रायका अनुसार, कलाकारको भूमिका गीत र ट्रेलर आएपछि मात्र खुलाइनेछ । चलचित्रमा भारतका मोडल करण बर्मा मुख्य नायकको रुपमा देखिदैछन् ।

नेपाल र भारत सिमा क्षेत्रमा हुने घटनामा यो चलचित्र बनेको छ । चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको ब्यानरका तयार भैरहेका चलचित्रको छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्किममा गरिएको छ । जय रायको कथा रहेको चलचित्रलाई रामेश्वर कार्कीले खिचेका हुन् । चलचित्रलाई भदौमा रिलिज गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment