४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले सरकारले हुकुम प्रमाङ्गीबाट देश चलाउन खोजेको आरोप लगाएका छन् ।
राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै अधिकारीले काठमाडौंमा सडकको समस्या विकराल भएको बताए । तर, सरकारले काम गराउने भन्दा बहना खोजेको उनको आरोप छ । ठेकेदार जेल हाल्ने गृहमन्त्रीको आदेश आउएको भन्दै उनले भने, अस्ती चिनी मिलमालिकहरुलाई त्यसै गरियो । फर्मान आदेशबाट देश चल्दैछ । गणतन्त्रमा कानुनभन्दा माथि कोही छैन भन्ने मन्त्रीजीहरुले विर्सन थाल्नु भएको छ ।’
फर्मान जारी गरेर केही नहुने भन्दै ठेकेदारलाई कानुन अनुसार कस्न आग्रह गरे । मन्त्रीहरुले बोल्ने र त्यसअनुसार काम गर्दै जाने हो भने गैरकानुनी आदेशबाट थुनिएको भन्दै ठेकेदारहरु अदालत सक्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4