१४ असोज, काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभीए)को उद्घाटन खेलमा काठमाडौं स्पाईकरलाई हराउँदै ललितपुर क्विनले पहिलो जित दर्ता गरेको हो ।
राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा ललितपुरले काठमाडौंलाई २५-२०, २१-२५,२५-२१ र २५- १९ ले जित हात पारेको हो ।
आजको दोस्रो खेल कर्णाली यस्विस र मधेश युनाइटेडबिच हुनेछ । त्यस्तै, आजको तेस्रो खेल चितवन शक्ति र गण्डकी थन्डर्सबिचको खेल हुनेछ ।
प्रतिक्रिया 4