Comments Add Comment

इण्डियन टेरेन अब दरबारमार्गमा

११ जेठ, काठमाडाैं ।  नेपाली बजारमा फेशेनेबल कपडा, जुत्ता, लेडिज ब्याग लगायतका वस्तुहरु भित्र्याउँदै आइरहेको आरपी ग्रुपले इण्डियन टेरेनको दोस्रो शोरुम काठमाडौंको दरबारमार्गमा रहेको क्यापिटल मलमा सञ्चालनमा ल्याएको छ । यसभन्दा पहिला आरपि ग्रुपले इण्डियन टेरेनको शोरुम ललितपुरको लबिम मल पसल नं. ००१ बाट सञ्चालनमा ल्याएको थियो ।

ब्राण्डेड वस्तुहरुमा युवापुस्ताहरुको आकर्षण बढ्दै गइरहेको बेला सञ्चालनमा आएको छोटो अवधिमा नै नेपाली बजारमा राम्रो उपस्थित जनाउन सफल यस ब्राण्डले आफ्नो ग्राहकहरुलाई सेवा पुर्याउने उद्देश्यले दरबारमार्गबाट आफ्नो दोस्रो शोरुम सञ्चालनमा ल्याएको हो । यसबाट काठमाडौं आसपासका ग्राहकहरुले इण्डियन टेरेनबाट उत्पादित वस्तुहरु अब सजिलै दरबारमार्गबाट पनि खरिद गर्न सक्नेछन् ।

इण्डीयन टेरेन भारत लगायत अन्य मुलुकमा युवा वर्गहरुले अत्यधिक प्रयोग गर्ने ब्राण्ड हो । इण्डीयन टेरेनद्वारा उत्पादित सर्ट, ट्राउजर, टिसर्ट, स्वेटर, ज्याकेज तथा डेनिम्स हाल आएर नेपाली युवा वर्गमाझ निकै लोकप्रिय बन्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment