Comments Add Comment

चमेलियाको ड्यामतर्फको सडक भत्कियो, स्थानीय त्रसित

१३ जेठ, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका-१ शिखर बलाँचमा रहेको चमेलिया जलविद्युत् आयोजनाको ड्यामतर्फको सडक भत्किन थालेको छ ।

गत वर्षको मात्रै निर्माण सम्पन्न भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको ड्यामतर्फको सडक भत्किन सुरु गरेको हो ।

गत वर्ष माघ २७ गते मात्रै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको चमेलिया जलविद्युत् आयोजना विद्युत् प्राधिकरणलाई हस्तान्तरण अगावै ड्यामतर्फ भत्किन थालेको हो ।

आयोजनाको ड्याम साइड र हालै निर्माण गरिएको मोटरेबल पुलको बीचमा पर्ने स्थानमा सडक भत्किएको छ ।

सडक भत्किएपनि सवारीसाधन सञ्चालनमा भने त्यस्तो समस्या नभएको आयोजनाको सुरक्षार्थमा खटिएका सशस्त्र प्रहरी डीएसपी श्याममणि ढकालले बताए ।

आयोजनाको ड्यामसाइडको नजिकै गत वर्षको फागुन चैत्रतिर सडक भत्किएको स्थानीय अकबरसिँह डडालले जानकारी दिए ।

यस्तै ड्याममा पानी जम्मा गरेपछि डुवानमा परेको बिटुल पारीबगड सडक खण्डको विटुले क्षेत्रमा तारजाली लगाएर सडकमाथि उठाइएको क्षेत्रमा समेत सडक भाँसिएको सशस्त्र प्रहरी नायब उपरीक्षक श्याममणि ढाकालले बताएका छन् ।

आयोजनाकै लागतमा ठेकेदारमार्फत् तारजाली लगाएर सडकमाथि उठाइएको स्थानमा सडकको पर्खाल धस्सिएपछि बिटुले पारीबगड सडक खण्डमा सञ्चालन गरिने सवारीसाधनहरु सञ्चालन गर्न असहज भएको गाडी चालकहरुले बताएका छन् ।

यातायात अबरुद्ध नभएपनि सडक साँघुरिएकाले केही असहज भएको गाडी चालक दिलेन्द्रसिँह धामीले बताए ।

वर्षा सुरु नहुँदै ड्याम साइडमा भत्किन थालेपछि त्यहाँका स्थानीयहरु त्रसित हुन थालेका छन् । वर्षा सुरु नहुँदै भत्किन थालेको ड्याम साइडमा वर्षा याम सुरुभएपछि झन भत्किने त्रास स्थानीयहरुमा रहेको छ ।

दार्चुला जिल्लामा आयोजनास्थल रहेको चमेलिया जलविद्युत् आयोजनाको विद्युत् प्रयोग गर्न नपाएका दार्चुलावासी अहिले त्रसित भएका छन् । ‘चमेलियाको बत्ती बाल्न पाउनु त परै जाओस, ड्याम साइडले त्रसाउन थाल्यो’ स्थानीय दिपेन्द्रसिँह धामीले भने ।

ड्यासाइडको छेउमा त्यहाँका स्थानीयहरुको बजार क्षेत्रसमेत रहेको बिटुले रहेकाले सडक भत्किन थालेपछि स्थानीय व्यापारीसमेत त्रसित भएका छन् ।

वर्षायाममा पानीको बहाव बढेपछि जमिन कटान गर्ने त्रास व्यापारीहरुमा रहेको व्यवसायी दिपेन्द्रसिँह धामीको भनाइ छ । डयामसाइडको किनार कमजोर खालको भएकाले पनि कटान गर्ने डर स्थानीय व्यापारीहरुमा रहेको छ ।

आयोजनाको ड्याम साइडको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीलाइ जानकारी गराउने सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।

चमेलिया जलविद्युत् आयोजना विद्युत् प्राधिकरणलाई हस्तारण गर्नु अगावै ड्यामसाइडमा भत्किन थालेको हो ।

झण्डै ११ वर्ष पश्चात् निर्माण सम्पन्न भएको प्रदेश ७ कै ठूलो चमेलिया जलविद्युत् आयोजनाबाट उत्पादन गरेको विद्युत् दार्चुलावासीले प्रयोग गर्न पाएका छैनन् ।

आयोजनाको उत्घाटन गर्ने बेला तत्कालीत प्रधानमन्त्री शेरबहादुर देउवाले प्रभावित क्षेत्रमा तत्काल विद्युतीकरण गर्न निर्देशन दिएका थिए । तर, प्रधानमन्त्री देउवा बहिगर्मन भइसकेपनि प्रभावित क्षेत्रका स्थानीयहरुले विद्युत् बाल्न पाएका छैनन् ।

यस्तै एक महिनाभित्र स्थानियस्तरमा विद्युत् विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका थिए ।

तर, हालसम्म आयोजनाबाट प्रत्यक्ष प्रभावित भएका स्थानीयहरु अन्धकारमा बस्न बाध्य भएका छन् ।

आयोजनाको ड्याम साइटमा बलेको बत्ती हेरेर यहाँका स्थानीयहरुले चित्त बुझाउने परेको स्थानीयहरुको गुनासो छ ।

जिल्लामै उत्पादन भएको विद्युत् प्रयोग गर्न नपाउनु राजनीतिक पहुँच र पहल गर्ने नेतृत्वको कमजोरी रहेको मार्मा गाउँपालिका वडा नम्बर ६ का स्थानीय दलजीत कोट्टारीले बताए ।

प्रदेश ७ कै बढी क्षमताको विद्युत् उत्पादन भएको जिल्लाकै स्थानीयहरु अन्धकारमा बस्नु दुःखद् भएको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment