Comments Add Comment

करिनाको छोटो लुगामा सैफको आपत्ति, यस्तो भयो सवालजवाफ


करिना कपुर गज्जबको ड्रेस सेन्स भएकी बलिउड नायिका हुन् । विवाह गरेर छोरा जन्माइसके पनि उनी बोल्ड पहिरन लगाउन हिच्किचाउँदिनन् ।

अहिले पनि सार्वजनिक कार्यक्रमहरुमा करिनालाई छोटा र पारदर्शी पहिरनमा देख्न सकिन्छ । सुत्केरी भएको केही समयमै उनले आफ्नो शरीरको तौल घटाएर स्लिम बनेकी थिइन् । त्यसपछि जहाँ पनि आफ्नो शरीरका अंगहरु देखाउने मनशाय राख्छिन् ।

तर, उनको यही रवैयाले पति सैफ अली खान असन्तुष्ट बनेको खबर छ । हालै एक कार्यक्रममा यसैको छनक देखियो । उक्त कार्यक्रममा करिनाको पहिरनमा सैफले सार्वजनिक रुपमै आपत्ति जनाएका थिए ।

‘के लुगा लगाएको यस्तो ? यसलाई चेन्ज गरेर सामान्य कुर्ता सुरुवाल लगाएर आउ,’ करिनालाई सैफले आदेश दिए । तर, करिनाले पति को आदेशलाई नजरअन्दाज गरिन् ।

‘सबैले सुहाएको छ भनिरहेका छन् त, तपाईंलाई चैं के अप्ठेरो पर्‍यो ?’ उनले जवाफ दिइन् । पत्नीमाथि हैकम चलाउन खोज्दा सैफ आफैं लज्जित हुनुपर्‍यो ।

छोरा तैमुरलाई जन्म दिएपछि करिनाले अभिनय गरेका चलचित्र ‘वीरे द वेडिङ’ प्रदर्शनको तयारीमा छ । यस फिल्मको प्रमोसनका लागि करिना विभिन्न स्थानमा पुगिरहेकी छिन् । जहाँ जहाँ जान्छिन् उनको पहिरन उति छोट्टँिदै गइरहेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment