Comments Add Comment

भुमिकालाई मायाकै पिरलो

गायिका भुमिका गिरीले लोक दोहोरी गीत ‘मायाकै पिरलो’ ल्याएकी छिन् । गीतमा भूमिका र भागिरथ चलाउनेको स्वर छ ।

नेत्र अर्यालका शब्दमा खेम सेञ्चुरीको लय भरेका छन् भने केशव बडुले संगीत संयोजन गरेका छन् ।

रामजी खाँड र रश्मी तामाङले म्युजिक भिडियोमा मोडलिङ गरेका छन् । म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन, राजेश घिमिरेले छायांकन र विष्णु शर्मा सम्पादन गरेका छन् ।

यो गीतबाट राम्रो प्रतिक्रिया पाइरहेको भुमिकाले बताइन् । ‘गीत राम्रो बनेको छ, सबैले राम्रो भन्नुभएको छ,’ भूमिकाले भनिन्, ‘दर्शक र श्रोताको माया पाइरहेको छु ।’

दर्जनौं लोक दोहोरी तथा तीज गीतहरुमा स्वर दिएकी भुमिकाले ‘मायाकै पिरलो’भन्दा अगाडि ‘गोरखपुरको सलाइ’ बोलको गीत सार्वजनिक गरेकी थिइन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment