Comments Add Comment

मोदीको स्वागतमा गरिएको खर्च सार्वजनिक गर्न माग

फाइल तस्वीर

२१ जेठ, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको क्रममा भएको स्वागत सत्कार र मञ्च व्यवस्थापनसहितको खर्च सार्वजनिक गर्न प्रदेश २ का प्रदेश संसदहरुले माग गरेका छन् ।

सरकारले अहिलेसम्म भ्रमणका क्रममा भएको खर्च सार्वजनिक नगरेको र अपादर्शी रुपमा खर्च गरेको भन्दै प्रदेश सरकारको चर्को आलोचना समेत हुन थालेको छ ।

प्रदेश सरकारले मोदी भ्रमणमा करिब ७ करोड २० लाख रुपैयाँ खर्च भएको भन्दै केन्द्रीय सरकारसँग माग गरेपछि प्रदेश सरकारको चर्को आलोचना हुन थालेको छ ।

प्रदेश सभामा बोल्दै भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले आफूहरुले कुनैपनि प्रकारको अनियमिता नगरेको दावि गर्दै केही मिडियाहरुमा कलोकल्पित रुपमा आरोपहरु लगाउने गरिएको दावी गरे ।

आफूहरु प्रदेशलाई समृद्ध बनाउन आएकोले भ्रष्टाचारको विषयमा सोच्नसमेत नसक्ने भन्दै उनले २५ आउँदा रुपैयाँ भाडा तिरेर आएको र जादासमेत सोही अनुसारको भाडा तिरेर जाने समेत बताए ।

गठबन्धनमा फेरबदल नहुने

संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा सहभागी भएपनि प्रदेश २ को गठबन्धनमा भने परिवर्तन नआउने मन्त्री सोनलले बताएका छन् ।

कुनै पार्टी केन्द्र सरकारमा आउनेजाने गर्दा त्यसले प्रदेशको गठबन्धनमा कुनैपनि प्रभाव नपर्ने उनको भनाइ छ ।

उनले फोरम र राजपा दुवै पार्टीको एक मात्र उदेश्य संघीयतालाई संस्थागत गर्न भएको कारणले गर्दा अहिले नै गठबन्धनमा कुनैपनि फेरबदल हुनछ भन्ने विषयमा सोच्नसमेत नसकिने बताए ।

उनले वर्तमान सरकार दुवै दलको गठबन्धनको आधारमा बनेकोले त्यो गठबन्धन यथावथ नै रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment