२३ जेठ, काठमाडौं । मानव बेचबिखनको शैली फेरिदै गएपछि शक्ति समूहले बेचबिखनको जोखिममा रहेका क्षेत्रमा शिक्षाको माध्यमबाट जनचेतना जगाउने अभियान थालेको छ ।
बेचबिखन प्रभावित महिलाद्वारा स्थापित विश्वकै पहिलो संस्था शक्ति समूहले बुधवार काठमाडौंमा एक कार्यक्रम गरी आधुनिक दासत्वविरुद्धको अभियान थालेको हो ।
बेलायती सहयोग नियोग डीएफआईडीको आर्थिक सहयोग तथा चाइल्ड होप युकेको साझेदारीमा सिन्धुपाल्चोक र नुवाकोटका विभिन्न गाउँपालिकामा आधुनिक दासत्व र गरिबीविरुद्ध समुदाय नेतृत्व कार्यक्रम शुरु गरेको हो । कार्यक्रमको शुरुवात गर्दै महिला बालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले बेचबिखनको शैली फेरिएको सन्दर्भमा चेतनामूलक कार्यक्रमपनि नयाँ ढंगलेअघि बढाउनुपर्ने बताइन् ।
आधुनिक दासत्व र गरिबीविरुद्धको सामुदायिक नेतृत्व कार्यक्रम परियोजनाले ३ वर्षभित्र १२ हजार बढी लक्षित समुदायका व्यक्तिसँग प्रत्यक्ष रुपमा पुग्ने लक्ष्य लिएको शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवारले बताइन् । यस कार्यक्रम अन्तर्गत मानव बेचबिखनविरुद्ध विशेष अभियान सञ्चालन हुनेछ ।
अपांगता भएका व्यक्ति तथा वालवालिका, गरिविको रेखामुनि रहेका बालबालिकाहरु, जोखिममा रहेका बालबालिकाहरु, मानव बेचविखन तथा हिंसाबाट प्रभावितहरु, सीमान्तकृत समुदायहरु नै यस परियोजनाका लक्षित समुदाय हुने संस्थाकी अध्यक्ष बालकुमारी रानाले जानकारी दिइन् ।
गरिवी, वालश्रम र मानव बेचविखनको न्यूनिकरण गर्दै समुदाय स्तरमा मानब बेचबिखन बिरुद्धको अभियानमा युवा परिचालन गरिने सो अवसरमा जानकारी दिइयो ।
प्रतिक्रिया 4