 
																			३० भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार पनि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
निक्षेप संकलन उपकरण बोलकबोल मार्फत सोमबार २१ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निरन्तर तरलता खिचिरेहको छ ।
आइतबार १ खर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गरेको केन्द्रीय बैंकले सोमबार पनि ५० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । सावाँ तथा ब्याज भुक्तानी २१ असोजमा हुनेछ ।
केन्द्रीय बैंकले ३ प्रतिशत ब्याजदरमा स्थायी निक्षेप सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।
स्थायी निक्षेप सुविधाको शर्त केही कडा भएकोले बैंकहरूले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणमा लगानी गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4