Comments Add Comment

नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीको पद थमौती

सुधार गर्ने शर्तसहित सचेत गराउने मन्त्रिपरिषदको निर्णय

 

२७ जेठ, काठमाडौं । अन्ततः नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीराज भण्डारीको पद जोगिएको छ । व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै राजभण्डारीलाई हटाउने गरी स्पष्टीकरण सोधिएको थियो ।

कामिनीले दिएको स्पष्टिकरण मन्त्रिपरिषदमा पुगेको छ । आइतबारको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई सचेत मात्र गर्न निर्णय गरेको छ । योसागै उनले टेलिकममा निरन्तरता पाउने पक्का भएको छ ।

तर, उनलाई टेलिकमको सेवा विस्तार तथा गुणस्तर बृद्धिका लागि केही शर्तनामा गराइएको स्रोतले जनाएको छ । ुएकपटक उनलाई मौका दिने निर्णय भएको छु स्रोतले भन्यो ।

उनीमाथि टेलिकमको सेवा र गुणस्तर निरन्तर खस्किादै गएको र प्रतिस्पर्धी सेवा प्रदायकभन्दा १६ अर्ब रुपैयााले ओह्रालो लाग्दा पनि कम्पनीको सेवा प्रवाह सुधार गर्न असफल भएको आरेाप लागेको थियो । टेलिकमको सेवा सुधारमा कामिनीको भूमिका कमजोर भएको भन्द्यै स्पष्टीकरण सोधिएको थियो ।

राजभण्डारीलाई बर्खास्त गर्ने योजना सञ्चार मन्त्रालयले बनाइसकेको थियो । तर, स्पष्टीकरण सोधिएपछि राजभण्डारीलाई जोगाउन विभिन्न शक्तिकेन्द्रहरुमा चलखेल सुरु भएको थियो । सूचना तथा सन्चारमन्त्री गोकुल बास्कोटामाथि बिभिन्न ठाउाबाट दबाब समेत पारिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कामिनीसहित टेलिकमका अधिकारीहरुलाई मौखिक प्रष्टीकरण पनि लिएका थिए । त्यसक्रममा उनले टेलिमको इन्जिन फेर्ने चेतावनी पनि दिएका थिए ।

नेपाल टेलिकमको नेतृत्वमाथि युटीएल र सिजी कम्पनीबाट १० अर्ब भन्दा बढी रकम उठाउन नसकेको आरोपसमेत लगाइएको थियो । त्यस्तै टेलिकमका कर्मचारीले असीमित सुविधा लिइरहेको र राज्यकोषमा जानुपर्ने कम्तिमा ४० करोड रुपैयाा सेवा सुविधाका नाममा दुरुपयोग भएको आरोपसमेत टेलिकमको व्यवस्थापनमाथि लागेको थियो ।

कामिनीलाई सबै आरोपबाट सफाइ नदिइएको तर सचेत गराउने निर्णय भएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment