Comments Add Comment

नारायणगढ-मुग्लिन सडकमा ७ ठाउँमा पहिरो

फाइल फोटो

२९ जेठ, चितवन । सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सडकको मुग्लिन नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको छ ।

राति ११:२० बजेदेखि अवरुद्ध सडक बिहान ३:२० बजे एकतर्फी सञ्चालनमा आएको थियो । बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भइरहेको भएपनि सवारी आवागमनमा भने समस्या भएको जिल्ला प्रहरी कार्यालय, चितवनले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment