
२९ जेठ, धनकुटा । प्रहरीले धनकुटास्थित छथरको जोरपाटी गाउँपालिका-४ बाट दुई किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जथर जोरपाटी-४ का ईन्द्रबहादुर अधिकारीको र झपट बहादुर नेपाली छन् ।
प्रहरी चौकी, सिधुवाबाट खटिएको ग्रामीण गस्ती टोलीले विशेष सूचनाका आधारमा उनीहरूको घरमा छापा मार्दा एक/एक किलो गाँजा बरामद भएको हो ।
उनीहरुको घरको माथिल्लो तलामा प्लाष्टिकको पोका बनाएर गाँजा लुकाएर राखेकाे अवस्थामा बरामद गरिएको प्रहरीले जनाएकाे छ । थप अनुसन्धान जारी रहेको बताइएकाे छ ।
यता, धनकुटाको महालक्ष्मी नगरपालिका-७ मा प्रहरीले गाँजा फडानी गरेको छ ।
महालक्ष्मी नगरपालिका-७, अर्खौले स्थित कमला बुढाथोकी, रामचन्द्र पौडेल, धनबहादुर श्रेष्ठ र हिरा पराजुलीको बारीमा आफैं उम्रिएको दाबी गरिएको गाँजा प्रहरी चौकी, जितपुरबाट गएको टोलीले फडानी गरेको हो ।
त्यहाँ करिब दुई हजार गाँजाका बोटहरु थिए ।
प्रतिक्रिया 4