१ असार, जनकपुरधाम । प्रदेश २ सरकारले आर्थिक वर्ष ०७५/७६ को लागि करिब २८ अर्बको बजेट शुक्रबार ल्याउँदैछ ।
दिउँसो बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री विजय यादवले बजेट सार्वजनिक कार्यक्रम रहेको छ । बजेटमा कृषिलाई विशेष प्राथमिकतामा राखिएको मन्त्री यादवले बताए ।
स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार र पर्यटन पनि प्राथमिकतामा रहेको उनले जानकारी दिए । बजेटमा सिञ्चाइ, सडक, उद्योग, पर्यटन र भौतिक पूर्वाधारमा विकासमा पनि धेरै रकम छुट्याइएको छ ।
प्रदेश २ को सरकारले आन्तरिक स्रोतको पहिचान गर्दै त्यसबाट संकलन हुने राजस्व रकमका आधारमा बजेटको तयारी गरिरहेको छ ।
प्रदेश सरकारले जेठ २४ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई आधार मानेर आर्थिक मामिला मन्त्रालयले आव ०७५/०७६ को बजेट तयार पारेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4