Comments Add Comment

पिङ्क फ्लोइड ब्यान्डलाई विशेष सम्मान


१० आसर, काठमाडौं । अन्तर्राष्ट्रिय संगीत दिवस को अवसरमा हालै ट्रिब्युट टुपिङ्क फ्लोइड ब्यान्डको नेपालमा आयोजित सांगीतिक प्रस्तुतिलाई अर्ना प्रिमियम लागर बियर तथा डिजिटल पेमेन्ट गेटवे डिजिपले प्रयोजन गरेका थिए ।

गो ग्रिनको उद्देश्यलाई जोड दिंदै उक्त कार्यक्रममा कागजी टिकटको प्रयोग नगरी डिजिपे एपद्वारा डिजिटल पेमेन्ट गेटवेमार्फत् खरिद गर्ने व्यवस्था मिलाइएको थियो ।यस कार्यक्रममार्फत् उक्त एप सञ्चालनमा ल्याइएको हो ।

असार ७गते शनिवार क्लब डेजाभूमा आयोजना गरिएको उक्त संगीतिक कार्यक्रममा दर्शकहरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो । उक्त कार्यक्रममा ४५ सय भन्दा बढी दर्शक, नेपालका स्थापित संगीतकर्मी एवं अतिथिहरुको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment