Comments Add Comment

हिरासतबाट छुटाइदिन्छु भन्दै १० लाख ठग्ने पक्राउ

१४ असार, बुटवल । प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी घर भई हाल काठमाडौं बस्ने ४८ वषर्ीय राजेश गौडलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो ।

गएको चैत २८ गते रुपन्देही सिद्धार्थनगर नगरपालिका ५ का हरिश सेठियामाथि गोली प्रहार गरेको घटनामा संलग्नको अभियोगमा पक्राउ परी हिरासतमा रहेका भैरहवा निवासी मोहन बानियाँलाई छुटाइदिन्छु भनी बानियाँका आफन्तबाट १० लाख रुपैयाँ लिएका गौडलाई रुपन्देही प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

बानियाँ हातहतियार तथा खरखजाना र ज्यान मार्ने उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ परेका थिए । गौडलाई हिरासतमा लिई ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कुमुद ढुंगेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment