यौनिक रुपमा परिपक्क हुने उमेर नै यौवनावस्था हो । बाल्यवस्थाको अन्तिम समय र किशोरावस्थाको शुरुवातको समय यौवनावस्था भित्र पर्दछ । केटीहरुको निम्ति ११ देखि १५ वर्षको अवधि र केटाहरुको लागि १२ देखि १६ वर्षको अवधिलाई सामान्यतया यौवनावस्था भनिन्छ ।
तर, यौवनावस्थामा पुग्ने समय व्यक्ति पिच्छे फरकफरक हुन सक्छ । पौष्टिकयुक्त खाना, आधुनिक प्रविधि, वातावरण, जीवनशैली, सानै उमेरमा ब्वाईप|mेन्ड र गर्लप|mेन्ड बनाउने चलन, स्रोत र साधनको पहुच, सामाजिक सञ्जाल जलवायु परिवर्तन, मोवाइल, एडल्ट सामाग्री, पोर्नग्राफी, मिडीयाको प्रभाव, टेलिभिजन, बदलिदो जीवन शैली, खाद्यान्नमा प्रयोग हुने विषादीका कारण पनि चाडै यौवनावस्थामा पुग्ने गर्दछन् र यौवनावस्थामा पुग्ने उमेर कम हुदै गएको छ ।
जब यौनावस्थाका लक्षणहरु देखिन्छ
६ वर्षदेखि १९/२० वर्षसम्म कुनै पनि समयमा यौवनावस्थाका लक्षणहरु देखिन सक्छन् । सामान्यतया केटाहरुभन्दा केटीहरु चाडो यौवनावस्थामा पुग्ने गर्दछन् । यौवनावस्थामा पुगेका केटीहरु रजस्वला हुने, केटाहरुको यौन अङ्गबाट वीर्य निस्कने हुदाँ यस उमेरमा बच्चालाई जन्म दिन सक्ने क्षमता राख्दछन् । यौवनावस्था शुरु हुने समयमा पुरुष सेक्स हर्माेन एन्ड्रोजिन र महिला सेक्स हर्माेन एन्ट्रोजिनबाट प्रसस्त मात्रामा यौनरसहरु निस्कछन् ।
यसले पुरुषमा प्रजनन अङ्ग र स्त्री प्रजनन अङ्गलाई उत्तेजित बनाउँछ । साथै यी हर्मोनहरुले पुरुष तथा महिलाका गुणहरु (सेकेन्डरी सेक्स क्यारेक्टर) विकसित गर्न र प्रजनन अङ्गहरु विकसित गर्न मदत गर्छ । यौन अभिरुचिमा यी हर्मोनहरुको मुख्य हात रहन्छन् । यौवनावस्थामा विपरित लिङ्गप्रतिको भावनामा परिवर्तन आउने र विपरित लिङ्गप्रति आकषिर्त हुने हुन्छ । मानव जीवनमा दुईपटक तिव्र शारिरिक वृद्धि र परिवर्तन आउँछ । त्यसमा एउटा गर्भावस्था हो भने अर्को यौवनावस्था हो ।
तिब्र शारीरिक परिवर्तन
यौवनावस्थामा यौन हर्मोन र ग्रोथ हर्मोनको कारण तिब्र शारिरिक परिवर्तन हुन्छ । यौवनावस्थामा पुगेका केटाहरु पहिलो पटक शोप्नदोष हुदाँ निकै चिन्तित र भयभित हुन्छन् । कतै मलाई भयङ्कर रोग त लागेन । सेक्स पावर घट्ने, नपुङ्सक हुने त होइन भन्ने कुरा मनमा खेल्न थाल्छ ।
थकित, टाउको दुख्ने, कमजोर महसुस हुने, आलस्य, लज्जाबोध गर्ने, एकान्तपि्रय हुने, अरुको आँखामा आँखा जुधाएर कुरा गर्न नसक्ने हुनसक्छ । यौवनावस्था पुगेपछि शोप्नदोष हुनु स्वाभाविक र प्राकृतिक कुरा हो । यो सबैलाई हुन्छ भन्ने शिक्षा नपाउँदा कतिले निरास भएर आत्महत्याको प्रयास गरेको पनि देखिन्छ ।
यौवनावस्थामा पुगेका केटीहरुमा पहिलो पटक रजस्वला हुदाँ यसरी नै भयभित, चिन्तित हुने गर्दछन् । आफुलाई यो के भएको होला । अरुलाई भन्न मिल्छ कि मिल्दैन, भनु की नभनु दोधारमा पर्ने गर्दछन् । सेक्स कन्सियस व्यवहार देखाउने, रिसाउने, झर्किने, टाउ, ढाड, पेट दुख्ने, निन्द्रा नलाग्ने, बान्ता हुने, खाना खान मन नलाग्ने, थकान महसुस गर्ने, मासंपेशीहरु खुम्चिने जस्ता समस्या यौवनावस्थामा पुगेका केटीहरुमा देखा पर्ने गर्दछन् ।
रुपरंगको ख्याल
यौवनावस्थामा पुगेका केटाकेटीहरुमा आउने परिवर्तनले उनीहरुलाई हैरान समेत बनाउने गर्छ । यसले मनोवैज्ञानिक असर समेत पार्न सक्छ । यौवनावस्था केटाकेटीहरु विरामी परिरहने उमेर पनि हो । केटाहरुलाई दाह्रीजुगा, यौन अङ्गको रौ, लिङ्गको आकार, अनुहार र स्वरमा आएको परिवर्तन अनौठो लाग्छ । यसले उनीहरुलाई लज्जाबोध समेत गराउँन सक्छ । केटाहरु भन्दा केटीहरु यौवनावस्थामा आˆनो शरिरमा आएको परिवर्तनप्रति बढी नै सम्बेदनशिल हुने गर्दछन् ।
आˆनो शारिरिक विकास प्राकृतिक रुपमा भैरहेको छ कि छैन भन्ने कुरामा उनीहरु धेरै नै सचेत हुने गर्छन । स्तनको आकार, नितम्ब, हात, खुट्टा, अनुहार, उचाई, दात, आँखा, नाक, कपाल, शरिरको रौ, डन्डीफोर जस्ता कुरामा उनीहरु बढी सचेत हुने गर्दछन् । अनुहारकै कारण साथीहरुबाट अपहेलित हुनु पर्ला कि भन्ने डर उनीहरुलाई जहिले पनि हुने गर्छ ।
केटाहरुको ध्यान आफुतिर आकषिर्त गर्न सकिन्छ कि सकिदैन भन्ने चिन्ताले ग्रसित समेत हुने गर्छन । यौवनावस्थामा पुगेका केटीहरुप्रति घरपरिवार, समाजले राख्ने निगरानी, बढ्दै गएको जिम्मेवारी, रजस्वला हुदाँ छाउँ घर वा छुट्टै बस्नुपर्ने र महिनावारी बार्नुपर्ने वाध्यता, बुबाआमाले एक्लै हिड्न डुल्न, साथीहरुसँग खेल्न बन्देज लगाउनु, ठुली भई भनेर सानाको भन्दा फरक व्यवहार गर्नुले उनीहरु दुखी हुन्छन् ।
यौनाङ्गको चासो
यौवनावस्थामा पुगेका केटाकेटीहरुले आˆनो यौन अङ्गको काम र व्यवहारका बारेमा चासो राख्न थाल्दछन् । यौवनावस्थामा पुगेका केटाकेटीहरुमा यौनका बारेमा चासो, जिज्ञासा हुनु स्वभाविकै हो । यसरी चासो र जिज्ञासा राख्दा अभिभावकहरु समेत लजाउने, मुख खुम्च्याउने, उत्ताउलो, उत्ताउली भई भनेर गाली गर्ने गर्दछन् । उनीहरु आˆनो यौन जिज्ञासा पुरा गर्न हुदाँ किताब, यौन फिल्म, इन्टरनेट, साथीभाईहरुको सहयोग लिन बाध्य हुन्छन । यस उमेरका केटाकेटीहरुले शारिरिक सम्पर्क राख्ने उद्देश्यले भन्दा उत्सुकता र यौन जिज्ञासा पुरा गर्न यस्तो व्यवहार देखाउने गर्दछन् । यसलाई अरुले गलत रुपमा बुझ्न सक्छन् । साथै ठुलाले यसको फाइदा उठाएर दुव्र्यवहार गर्न समेत सक्छन् । यौवनावस्थामा यौन शिक्षा र जानकारीको अभावमो गलत कार्य गर्न सक्ने सम्भावना पनि रहन्छ ।
शारिरिक रुपमा चाडै परिपक्क हुने तर मानसिक रुपमा परिपक्त नहुने, अज्ञानता र भ्रमका कारण यो उमेरमा उनीहरु दुर्घटनामा पर्न सक्छन् । यौवनावस्थामा यौन शिक्षाको अति नै जरुरत पर्छ । सेक्स भनेको के हो ? सानैमा शारिरिक सम्पर्क राख्दा हुने जोखिम, असुरक्षित यौन सम्पर्क, गर्भधारण, यौनजन्य रोगहरु, यौन अनुशासन जस्ता विषयमा जानकारी दिनु पर्छ ।
प्रतिक्रिया 4