Comments Add Comment

सम्पाओलीले अर्जेन्टिनाको प्रशिक्षक पद छाडे

काठमाडौं । जर्ज सम्पाओलीले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमको प्रशिक्षक पद छाडेका छन् ।

विश्वकपको नकआउट चरणबाटै बाहिरिएपछि साम्पाओलीको पद धरापमा परेको थियो । अर्जेन्टिना फुटबल एशोसिएसन र सम्पाओलीबीच सम्झौता अन्त्य गर्ने सहमति भएको छ ।

प्रशिक्षक सम्पाओलीसँगै फिजिकल ट्रेनर र भिडियो एनालिस्टले पनि पद छाडेका छन् ।

५८ वर्षीय सम्पाओलीले मे २०१७ मा टिम सम्हालेका थिए र विश्वकप छनोट पार गराए । तर, रुस विश्वकपमा अर्जेन्टिनाको प्रदर्शन सन्तोषजनक रहेन ।

समूह चरणमा मात्र एक खेल जितेको अर्जेन्टिना प्रि–क्वार्टरफाइनलमा फ्रान्ससँग पराजित हुँदै बाहिरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment