Comments Add Comment

कैलालीको लम्कीचुहामा बम भेटियो, डिस्पोजको प्रयास हुँदै


२ साउन, कैलाली । जिल्लाको लम्कीचुहा नगरपालिका–१, लम्की बजारमा बुधबार बिहान दुर्इ वटा प्रेसर कुकर बम फेला परेका छन् । नगरपालिकामा रहेको मेघाश्री उद्योग परिसरमा बम फेला परेकाे हाे ।

इलाका प्रहरी कार्यालय, लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले अज्ञात समूहले गएराति उद्योग परिसरमा बम राखेको जानकारी दिए ।

प्रहरीले बम फेला परेको स्थानलाई अहिले घेरा हालेर राखेको छ । प्रहरी निरीक्षक जोशीले बम डिस्पोजका लागि गोरंगेस्थित नेपाली सेनालाई खबर गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment