Comments Add Comment

सरकार स्वेच्छाचारी देखियो, समर्थन फिर्ता लिन सक्छौं : राजपा नेता लाल

२ साउन, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका छन् ।

सरकार गठन भएको ५ महिनामै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सडकमा जाने अवस्था किन आयो भन्दै नेता लालले सरकार स्वेच्छाचारी देखिएको आरोप लगाए ।

उनले भने, ‘सरकार स्वेच्छचारी देखियो, लोकतान्त्रिक व्यवस्था अनुसार चल्नुपर्छ नि, अहिले मुलुकको समृद्धिभन्दा पनि सरकारले आफ्नो पार्टी र कार्यकर्ताको समृद्धि बढि चाहेको देखियो ।’

सरकारका पछिल्ला कदमहरुले सरकारविरुद्ध नै जनमत बढिरहेको बताउँदै उनले यो जनमतलाई कांग्रेसले प्रयोग गर्न चाहेको सुनाए । उनले भने, ‘यो जरुरी पनि छ, माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्यो, यो प्रतिबन्ध लगाउने काम पनि सरकारको स्वेच्छाचारी मानसिकताको स्पष्ट चित्र हो ।’

राज्यले डा. गोविन्द केसीसँग धेरैपटक सम्झौता गरेको तर अहिलेसम्म कार्यान्वयन नगरेकोमा उनले गुनासो पोखे । उनले भने,’डाक्टर केसी अनसनमा हुनुहुन्छ, तर सरकार उहाँको मागप्रति गम्भीर बन्नुपर्छ ।’

चिकित्सा शिक्षा अध्यादेश हेरफेर गर्दा सरकारको विश्वसनियता समाप्त हुने बताउँदै लालले सरकारले सदनमा दम्भको कुरा गर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment